र्शक हँसाउन व्यस्त हुन थाले बल्छी ध्रुवे !!

Admin | 16:31 |


चर्चित हास्य टेलिश्रृङ्खला मेरी बास्सैका कलाकार तथा सह निर्देशक बल्छि ध्रुवे (मरिचमान श्रेष्ठ) पछिल्लो समयमा मेला महोत्सवमा निकै जम्म थालेका छन् ।

आफ्ना दर्शकसँग प्रत्यक्ष भेटघाट हुने र आम्दानी पनि गर्ने राम्रै माध्यम भएकोले पनि कलाकारहरु मेला महोत्सवमा जान रुचाउने गरेका छन् । यसै भीडमा बल्छी पनि परेका छन् । पछिल्लो समयमा बल्छीले दमौलीमा आयोजित एक सांगीतिक कार्यक्रममा दर्शकलाई पेट मिचिमिमि हसाँएर फर्केका छन् ।

भनिन्छ, बल्छीको हरेक शब्दमा हँसाउने जादू छ । सामान्य गफ गर्दा पनि रमाइलो तरिकाले प्रस्तुत हुने बल्छी ध्रुवेले तनहुँ लगायत गोरखा, धादिङ, चितवन जस्ता विभिन्न ठाउँहरुमा आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरञ्जन दिलाई सकेका छन् ।

गोरखाको ताकुमा जन्मेका बल्छी अन्य कलाकारहरु भन्दा फरक तरिकाले प्रस्तुत हुने गरेका छन् । उनले आफ्नो प्रस्तुतीमा राजनीतिक विषयलाई भन्दा पनि आधुनिक युवायुवतीको बानी व्यवहारलाई ब्यंग्य गर्ने गर्छन् । राजनीतिक कुरालाई कम प्राथमिकता दिँदै आफ्नो प्रहसनमा अभिभावहरुलाई छोराछोरी प्रति सजक हुनको लागि सन्देश दिने गरेको बल्छी ध्रुवेको भनाइ छ ।

दमौली मेलामा मेरी बास्सैका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र सीताराम कट्टेल (धुर्मुस)को क्यारिकेचर समेत गरेका बल्छीले तीतोसत्यका आरसी भट्टराई राजारामलाई जोडी बनाइसकेका छन् । यो जोडीले देशको विभिन्न भागमा हुने प्रहसनको लागि तयारी गरिरहेका छन् । घ्याम्पे भुँडी भएका आरसी र खिरिलो जीउ भएका बल्छीको जोडी राम्रै जम्ने देखिएको छ

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!