एटिएमलाई चल्न दिने कि नदिने ?

Admin | 04:22 |


गत शुक्रबार प्रदर्शनमा आएको फिल्म 'एटिएम' लाई सञ्चार मन्त्रायलले एक शो पश्चात नै प्रदर्शनीमा रोक लगायो । सेन्सर बोर्डले काटेको दृश्य तथा संवाद नकाटी निर्माण युनिटले फिल्म प्रदर्शन गरेको भन्दै सञ्चार मन्त्रायलले प्रदर्शनीमा रोक लगाउन आदेश दिएको हो ।

फिल्म निर्माणको क्रममा एटिएमले अष्लिलता प्रस्तुत गरेको भन्दै जति नकारात्मक टिप्पणी पाएको थियो रिलिजको बेला पनि त्यत्तिकै टिप्पणी सहनु पर्‍यो । ८/९ पटक सम्म सेन्सर बोर्डले फिल्म हेरे पश्चात केहि दृश्य तथा संवाद हटाउन लगाई एडल्ट सर्टिफिकेट थमाएर प्रदर्शनीको अनुमती दियो । तर, निर्माण युनिटए नेपालको कानुनलाई नै च्यालेञ्ज दिंदै सेन्सर लागेको दृश्य तथा संवाद नकाटी प्रदर्शनमा ल्यायो र फिल्म एक शो पश्चात नै रोक लाग्यो ।

फिल्म रोके पश्चात अहिले यो बिषय एउटा बहसको रूपमा आएको छ । कतिले लाखौं खर्चेर बनाएको फिल्मलाई सेन्सर दृश्य तथा संवाद काट्न लगाएर पुन: प्रदर्शन गर्न दिनु पर्छ भन्ने तर्क अघि सारेका छन् भने कतिले कानुनको अपमान गर्दै समाजलाई समेत असर पर्ने यस्तो फिल्म चल्न दिनु हुँदैन भन्ने तर्क अघि सारेका छन् । यहि बिषयमा फिल्मीखबरले केहि व्यक्तिहरूलाई आ-आफ्नो धारणा राख्न आग्रग गरेको थियो । उनीहरूको धारणा यस्तो छ -

डा. टिकाराम पोखरेल (प्राध्यापक, ओस्कार फिल्म कलेज)
फिल्मलाई रोक लगाउनु भनेको साउने भेललाई रोक्न खोज्दै आफै बग्नु हो । तर यहाँ एटिएमको प्रसङ्ग अलि फरक छ । कानुन मिच्ने अधिकार कसैलाई छैन । कानुन मिच्नेले सजाय पाउनु पर्छ । अर्को कुरा फिल्म बनाउनु पर्छ र अस्लिल फिल्म बनाएर समाजलाई असर गर्न भएन ।

प्रशन्न पौडेल (निर्देशक)
निन्द्रामा बसेको सेन्सर बोर्ड र सरकार ब्यूँझेकोमा भएकोमा खुसी लाग्यो । यसैगरी नेपाली फिल्मसँग सम्ब्नधित अन्य संघसंस्था एक्टिभ भयो भने स्तरिय फिल्म निर्माण हुनेछ र हामी अर्न्तराष्ट्रिय स्तरमा पुग्ने छौं । बिशेषगरी चलचित्र निर्माता संघ बढि सक्रिय हुनुपर्छ । सञ्चार मन्त्रालयले एटिएम प्रति चालेको कदम सकारात्मक छ ।

सन्तोष भट्टराई (सञ्चारकर्मी)
सेन्सर बोर्डले काट्न लगाएको दृश्य र संवादलाई नकाटी देखाउनु गलत हो । त्यसैले सरकारले चालेको यो कदम एकदम सकारात्मक छ । तर सेन्सर भईसकेको फिल्मलाई रोक्नु भने हुन्न । हलवालाहरूले पहिलो शो किन देखाए भन्ने कुराको पनि खोजी हुनुपर्छ किनकी अस्लिल फिल्मले पार्ने असरको बारेमा हलवालाले पनि मन गर्नुपर्छ ।

बादल प्रसाईं (गायक)
यो कदम एकदमै राम्रो छ । यस्तो फिल्मले गर्दा राम्रो घरपरिवारको चेलीहरू फिल्ममा आउन पाउँदैनन् । दर्शकहरूले त फिल्मबाट केहि सिक्न र मनोरञ्जन लिन हल पुग्छन् तर यस्तो फिल्मबाट हामीले कस्तो पाठ सिक्ने ? त्यसैले यस्तो फिल्महरू प्रदर्शनमा आउनु हुँदैन ।

अर्जुन पोखरेल (संगीतकार)
फिल्मलाई रोक लगाएर सरकारले ठिक गर्‍यो किनकी कानुनलाई मिचेर कोही माथी पुग्ने आँट गर्छ भने त्यसले सजाय भोग्नै पर्छ ।

भुपेन्द्र खड्का (गीतकार)
फिल्म के हो भन्ने कुरा नबुझी फिल्मको स्तर नै तर झार्ने गरि फिल्म बनाउने तथा सस्तो बिषयमा अस्लिल फिल्म बनाउनेलाई यो भन्दा पनि ठूलो सजाय हुनुपर्छ । नेपाली सभ्यता र संस्कृतीमा धावा बोल्नेलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ ।

राजकुमार डंगोल (व्यवसायी)
यस्तो फिल्मले हाम्रो समाजमा नराम्रो असर पर्छ । म अस्ति बिश्वज्योती हलको बाटो छोरीहरूलाई लिएर हिंड्दा पोस्टर हेरेर नै लाज लाग्यो । अब त्यो फिल्म कसरी म परिवारको साथमा हेर्न सक्छु ? हामी दर्शकहरू आफैले बुझेर यस्तो फिल्म हेर्नु हुँदैन किनकी यस्तो फिल्मले हाम्रो कला संस्कृतीको धज्जी उडाई रहेको हुन्छ । सरकारले यो फिल्मलाई रोकेर एकदमै ठिक गर्‍यो ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!