पुलिसको चस्मामा जासुस क्यामेरा

Admin | 19:16 |


पछिल्ला दिनमा कुनै पनि अपराधको छनविनका क्रममा पुलिसले सीसीटीभी फुटेजको सहयोग लिने गरेको छ ।

एक पटक सोच्नुस् त यदि प्रहरीले त्यस्तो जासुसी क्यामेरा आफ्नो चस्मा, हेटमेट वा टोपीमा लुगाएर हिँडे के होला ?

अमेरिकाको यूटा राज्यमा यस्तै प्रस्ताव अघि सारिएको छ । यस्तो क्यामराको सहयोगले अपराध भइरहेको ठाउँको फुटेज रेकर्ड गर्न सकिने बताइएको छ । उक्त फुटेज प्रहरीले एडिट गर्न नसक्ने भएकाले यो अनुसन्धानका लागि उपयुक्त र निष्पक्ष हुने यसका समर्थकहरुको दावी छ ।

प्रहरीले ज्यदतीबारे पर्ने उजुरीको छानविनमा पनि यो सहयोगी बन्ने बताइएको छ । बेलायत, न्यूजिल्याण्ड र अष्ट्रेलियामा पनि यो परीक्षण भइरहेको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!