प्रेमी भेट्न सात समुन्द्र पारी आए, तर जेलको हावा खाए

Admin | 19:18 |


प्रेममा पालग झै भएका टर्कीका एक युवक ८ महिना लगाएर ४ हजार किलोमिटर लामो सुमुन्द्री यात्रा गरेर बेलायत पुगे ।

७ वर्षअघि साइप्रेसमा भेटिएकी युवती बेलायतमा थिइन र उनलाई प्रेम प्रस्ताव गर्न टर्कीका रमजान नोयन कुलम बेलायत आएका हुन् ।

तर, आफूले चाहेको युवतीलाई भेटेर प्रेम प्रस्ताव गर्नु अघि नै प्रहरीले उनलाई गिरफ्तार गरेको छ । भिसा नभएकाले प्रहरीले उनलाई पक्राउ गरेको हो । एकतर्फी प्रेममा पागल झै भएका ३८ वर्षीय रमजानको भेट कर्टनी नामकी बेलायती युवतीसँग ७ वर्षअघि सन् २००५ मा साइप्रसमा भएको थियो ।

रमजान एक रेष्टुरेन्टमा वेटर थिए र उनले एक पटक कर्टनीलाई कफी दिएका थिए । त्यही समयदेखि रमजान उनको क्रेजी बनेका हुन् । उनले पटक पटक समस्यामा पनि पारे तर, कर्टनीले यसलाई कुनै ध्यान नै दिइनन् । बीबीसीको समाचारमा जनाइएअनुसार रमजानले रेष्टुरेन्टबाट कर्टनीका नम्बर लिएर समय समयमा फोन गर्थे ।

कर्टनीले उनलाई कहिल्यै चाहिनन् र केही समयपछि नै विवाहका लागि बेलायत फर्किए । उनले रमजानलाई फेसबुकमा समेत ब्लक गरेपछि उनी बेलायत हान्निएका थिए । तर, आफ्नो प्रेम दर्साउन नपाउँदै उनी प्रहरी हिरासतमा परेका छन् ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!