छोरीले खोसिन् आफ्नै आमाको लोग्ने

Admin | 19:19 |


आमा छोरीको पवित्र नाता हुन्छ भन्ने मान्यतामा दरार आउने गरि चीनमा एक अनौठो घटना सार्वजनिक भएको छ । १६ वर्षीया एक युवतीले आफ्नी आमासँग उनको श्रीमान मात्र खोसिनन्, उनको बच्चाको आमा पनि बनेकी छिन् ।

यति मात्र हैन, उनले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै आमाले प्रहरीमा उजुरी समेत दिएकी छिन् । जियाङ्गजी राज्यको ग्वान्झाओ शहरमा बस्ने फेंगटिंग करिब २ वर्षदेखि आफ्नो सौतेनी बाबु ३४ वषर्ीय लियु गुओचांगसँग प्रेममा थिइन् । यसक्रममा उनले एक बच्चासमेत जन्माएकी छिन् ।

आफ्नो प्रेमी एवं सौतिनी बाबुलाई आमाले छोडपत्र गरोस् भन्ने फेंगटिंग चाहन्छिन् । फेंगटिंगकी आमा हुआङ अर्को शहरमा काम गर्छिन् र उनले कहिल्यै आफ्नो श्रीमान र छोरीबीच प्रेम सम्वन्ध रहेको आशंका गरिनन् । एक दिन उनले छोरीले आफ्नो श्रीमानलाई लेखेको प्रेमपत्र पढेपछि उनी छाँगाबाट खसे झैँ भइन् ।

लियु प्रहरीको पुगिन् र श्रीमानविरुद्ध मुद्दा हालिन् । उनलाई प्रहरीले पक्राउ गरेको छ र नाबालिगलाई बलात्कार गरेको आरोपमा ११ वर्ष जेल सजाय सुनाएको छ । सहमतिमा नै यौन सम्वन्ध राखेको भन्दै उनले बलात्कारको आरोपको खण्डन गर्दै आएका छन् ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!