आज कार्तिक २३को भुकम्पले लियो ४८ जनाको ज्यान

Admin | 12:20 |


कात्र्तिक २३ । ग्वाटेमालाको प्रशान्त महासागरको तटीय क्षेत्रमा ७ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण ४८ जनाको ज्यान गएको र अन्य दर्जनौं घाईते भएको ग्वाटेमाला सरकारले जानकारी दिएको छ । ग्वाटेमाला सरकारले त्यहाका नागरीकलाई सुरक्षीत स्थानमा स्तानान्तरण गर्न पनि चेतावनी दिएको छ । भूकम्प संगै आएको पहिरोका कारण सडकहरु अवरुद्ध छन् । पहिरोमा पूरीएर अवरुद्ध रहेको सडक सुचारु हुन २४ घण्टा लाग्न सक्ने अधिकारीहरुले जानकारी दिएका छन् ।
४८ जनाको मृत्यु भएको भनिएपनि मर्नेको संख्या वढ्न सक्ने वताईएको छ । १ सय भन्दा वढी नागरीक भूकम्पमा पूरीएको हुन सक्ने अनुमान गरीएको बिबिसिले जनाएको छ । ग्वाटेमालाको स्यान मारकोस क्षेत्र भूकम्पवाट मुख्य प्रभावित क्षेत्र मानिएको छ । भूकम्पले त्यहाका विद्यालयहरुमा पनि क्षती पुर्याएपछि विद्यालयहरु पनि खुलेका छैनन् । भूकम्पवाट सामुन्द्रीक आधी पनि आउन सक्ने चेतावनी दिर्ईएको छ । ग्वाटेमालामा यसअघि पनि धेरैको हताहती हुने गरी भूकम्प गएको थियो ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!