नायिका गरिमाले गरिन कतारमा रोमान्स

Admin | 05:39 |


रिमझिम रिमझिम पानी परिरहेको अवस्थामा पनि झरीको कुनै वास्ता नगरी आफ्ना दुई प्रेमीहरु बिष्णु कार्की र भानु शर्मासँग कतारको पर्यटकिय स्थल भनेर चिनिने पर्ल कतार भित्रको रमणिय स्थलहरुमा नायिका गरिमा पन्तले रोमान्स गर्न भ्याईन् ।

नायिका पन्तले रियल लाईफमा नभएर रिल लाईफमा बिष्णु र भानुसँग रोमान्स गरेकी हुन् । एक काम दुई पन्थ भने झै किन लाग्छ मायाको प्रदर्शनको लागि कतार पुगेकी आईपुगेकी गरिमाको यो रोमान्स म्युजिक भिडियोका लागि थियो । बसन्त थापाको शब्द रचना र सुरेश अधिकारीको संगीततथा सुदीप शाहीको स्वर रहेको 'चोट लुकाईे  मुटुमा...' बोलको आधुनिक गीतमा नायिका पन्तलाई रिलिजको क्रममा रहेको फिल्म कलिउडका नायक बिष्णु कार्की र मोडल भानु शर्माले साथ दिएका हुन् ।

केहि फिल्म, म्युजिक भिडियो तथा सर्ट फिल्म निर्देशक गरिसकेका भबिन्द्र तामाङले उक्त म्युजिक भिडियोको निर्देशन गरेका हुन् भने छायाँकन रजिब पाख्रिनले गरेका हुन् । नायिका पन्तले बिदेशमा आएर म्युजिक भिडियोमा काम गर्न पाउँदा छुट्टै अनुभव र रमाईलो लागेको बताईन् । नायिका पन्त आफू अभिनित फिल्म किन लाग्छ माया प्रदर्शनका लागि १४ तारिखका दिन कतार आएकी हुन् । यो फिल्म १८ तारिख अर्थात भोली २ बजे दोहा सिनेमा हलमा लाग्दैछ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!