जेल तोड्न खोज्दा भुँडीले रोकेपछि…………..(फोटोफिचर सहित)

Admin | 13:54 |


उनी झण्डै जेल ब्रेक गरेर खुल्ला संसारमा प्रवेश गर्न सफल भैसकेका थिए । तर विडम्वना उनका लागि उनकै हाँडिघोप्टे भुँडी सत्रु सावित भयो र उनलाई जेलबाट भाग्न दिएन । भुँडिले प्वालमै अड्काइरहेका बेला उनलाई जेलका सुरक्षाकर्मीले देखे र नियन्त्रणमा लिइहाले ।


जेल तोड्ने असफल प्रयासको यो दुखदायी कथा हो ब्राजिलका राफेल भलादाओ नामका पुरुषको । ब्राजिलको सेरेस सहरस्थित एक जेलमा बन्दी जिवन बिताइरहेका राफेल अरु ३ जना साथीहरुसँग मिलेर जेलको भित्तामा प्वाल पारेर जेलब्रेक गर्ने प्रयासमा थिए । त्यसका लागि चारै जना मिलेर जेलको भित्तो फुटाएर मान्छे छिर्ने प्वाल समेत बनाए । त्यस प्वालबाट सुटुक्क पालैपालो निस्कने योजना मुताविक एक जना दुब्लापातला मान्छे पहिलो नम्बरमा जेलबाट बाहिर निस्किहाले । दोश्रो नम्बरमा पालो थियो राफेलको । मोटो जिउका राफेलका लागि उक्त प्वाल साँघुरो भयो । उनले टाउको, छाति हुँदै पेटसम्मको जिउ प्वालबाट बल्लबल्ल बाहिर छिराए । तर जब उनले बलजफ्ती त्यसमुनिको भाग छिराउन खोजे भुँडीभन्दा तल पटक्कै छिरेन ।

जबरजस्ती घुस्न लाग्दा उनी यस्तो नराम्रोसँग उक्त प्वालमा अडि्कए की, न त उनी बाहिर निस्कन सक्थे, न त भित्र पस्न सक्थे । प्वालमा अडि्कएपछि निस्कनको लागि उनले अनेक प्रयास गरे, तर सकेनन् । अन्त्यमा उनले गुहार माग्न थाले र रोइकराइ गरे । त्यो सुनेपछि जेलका सुरक्षाकर्मी तुरुन्त त्यहाँ पुगे । सुरक्षागार्डहरु पनि अचम्ममा परे । विचरा प्वालमा अडि्कएका राफेल के गरुन् ? उनी हल न चलको अवस्थामा थिए । सुरक्षाकर्मीहरुले पनि सजिलै उनलाई निकाल्न सक्ने अवस्था थिएन । पछि फायर ब्रिगेडका कर्मचारीहरुलाई बोलाएर बल्लतल्ल प्वालमा अडि्कएको उनको जिउलाई बाहिर निकालियो । विचरा उनको करङ नै भाँचिएको रहेछ ।

एकजना कैदी सुरुमै प्वालबाट निस्केकाले जेलब्रेकमा सफल बने । तर राफेल र उनीपछि पालो आउने पर्खाइमा बसेका अरु दुइ जना हेरेको हेर्यै भए । सायद यो अचम्मलाग्दो घटना विश्वकै सबैभन्दा खराब जेलब्रेक हुनर्ुपर्छ । के गर्नु आफ्नै भुँडीले धोका दिएपछि । हुन त भुँडीलाई पनि के दोष दिनु, आफ्नै भुँडीको आकार अड्कलेर प्वाल खोल्नुपर्ने थियो नी उनले । कि कसो ?



Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!