यो वर्षको डिसेम्बर २१ मा संसार ध्वस्त भएरै छाड्ने अस्ट्रेलियाली प्रधानमन्त्रीको दाबी !

Admin | 04:18 |

सिड्नी । अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले संसारको अन्त्य अवश्यंभावी रहेको भन्दै यस्तो प्रलयको दिन नजिकिइरहेको बताउनुभएको छ । यो वर्षको डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने हल्ला चलिरहेको अवस्थामा एक भिडियो सन्देशमा गिलार्डले अस्ट्रेलियाली जनतालाई सम्बोधन गर्दै माया पात्रोको भविष्यवाणी सही रहेको र संसार ध्वस्त हुने पक्का रहेको दाबी गर्नुभयो । संसार कुन हिसाबले ध्वस्त हुन्छ भन्ने कुरा थाहा नभएपनि यो अवश्य नास हुने गिलार्डको भनाइ छ ।
यसैबीच संसार ध्वस्त हुने भनिएको डिसेम्बर २१ नजिकिँदै गर्दा मायावी विश्वको केन्द्र मानिने ग्वाटेमालामा विदेशी पर्यटकको घुइँचो बढेको अस्ट्रेलियाबाट सञ्चालित कम्युनिटी न्युज पोर्टल एयु नेपालले जनाएको छ । ग्वाटेमालामा डिसेम्बर २० र २१ मा विश्व मानवताको नयाँ विहानी शिर्षकको विश्व सम्मेलन हुँदैछ । माया पात्रोका अनुसार डिसेम्बर २१ का दिन अहिलेको विश्व ध्वस्त हुन्छ र नयाँ संसारको सिर्जना सुरु हुन्छ भन्ने मान्यता छ  ।
हेर्नुहोस् गिलार्डको भिडियो सन्देश

भिडियो हँसाउन मात्र !
प्रधानमन्त्रीको मुखबाट व्यक्त यो सम्बोधनलाई प्यारोडी बताइएको छ । युट्युवमा यो भिडियो निकै चर्चित पनि भएको छ । संचारमाध्यमहरुले यो भिडियोलाई प्रधानमन्त्रीको असली सम्बोधन भएपनि रेडियो कार्यक्रमको बिज्ञापनका लागि मात्र रेकर्ड गरिएको बताएका छन् । जुलियाका प्रवक्ताले भने- बर्षको अन्त्यका लागि हसाउँने उदेश्यले मात्र भिडियो रेकर्ड गरिएको हो त्यस्तो अरु केही हैन् ।’

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!