पूजानाको जवानी साढे सात लाखमा बिक्यो

Admin | 05:49 |

राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र ‘रक्षा’को भीसीडी अधिकार बुढासुब्बा म्युजिकले खरिद गरेकेा छ । चलचित्रका भीसीडी साढे सात लाखमा विक्री भएको निर्देशक गिरीले अनलाइनखबरलाई बताएका छन् । उनले भने, ‘सिनेमाको सीआरबीटी र भीसीडी अधिकार बुढासुब्बाले साढे सात लाखमा खरिद गरेको हो ।’बस्नेत मुभिजको व्यानरमा तयार भएको यो सिनेमालाई पबन बस्नेतले निर्माण गरेका हुन् । चलचित्रमा राजेश हमाल, पुजना स्त्रि, अशोक फुयाँल लगायतका कलाकारको अभिनय छ । राजनीति र सेक्सलाई मुख्य आधार बनाएर तयार पारिएको यो चलचित्र चैत्र महिनामा प्रदर्शनमा आउने बताइएको छ । नेपाली सिनेमाले हलबाट सामान्य रकम समेत उठाउन नसकिरहेको समयमा ‘रक्षा’को भीसीडी साढे सात लाखमा बिक्रि हुदा निर्मातालाई केही राहत भएको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!