रातो सारीमा सेक्सी कटि्रना
भारतमा सारी महिलाहरुको लोकप्रिय पहिरनमा पर्छ । यो पहिरन लोकप्रिय बन्नुमा बलिउडका नायिकाहरुको पनि ठुलो योगदान छ । नायिका विद्या बालन हरेक कार्यक्रममा सारीमै देखिने गर्छिन् । यो कुरामा नायिका कटि्रना कैफ पनि अग्रस्थानमा आउछिन् । कैफलाई पनि थुप्रै स्थानमा साडी पहिरिएको देख्न सकिन्छ ।यसैबिच सुन्दर नायिका कटि्रनाले एक कार्यक्रममा रातो सारी पहिरिएर सबैलाई मोहित बनाएकी छिन् । कटि्रनाले उत्तर प्रदेशको लखनउ मा आयोजना गरिएको ‘हिरो हक्की इंडिया लीग’ को एक कार्यक्रममा सारी पहिरिएर आकर्षक प्रस्तुती दिएकी छिन् ।रातो सारीमा मञ्चमा देखिएकी कटि्रनाले केही बलिउडका चर्चित गीतमा नृत्य गरेकी थिइन् । उनलाई देखेर उपस्थित दर्शक तथा अतिथीहरु चकित बनेका थिए । यो कार्यक्रम नायिका नर्गिस फाखरीले पनि विशेष प्रस्तुती दिएकी थिइन् ।
Category: Filmy news