नवल खड्काले जित्लान त कलाकार संघको चुनाव ?
चलचित्र कलाकार संघका सदस्यदेखि उम्मेदवारी घोषणा गर्नेहरुलाइ अहिले दशैँ आए जत्तिकै छ । कोही पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरिरहेका छन् भने कोही भोट माग्नेसँग विभिन्न शर्त तेर्श्राइरहेका छन् ।
कलाकार संघको अध्यक्ष पदका लागि नवल खड्का र सबिन बास्तोलाले औपचारीक रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अन्य पदका लागि पनि उम्मेदवारी घोषणा गर्नेहरुको लर्को नै लागेको छ ।
चुनाव हुनुभन्दा महिना दिन अघि देखिएको चहलपहल चुनावपछि सेलाउँदै गएको देखिन्छ । चुनाव पछि उक्त संस्था नेपाली सिनेमा क्षेत्रमा छ या छैन भन्ने नै थाहा हुन गाह्रो हुन्छ ।
चलचित्र कलाकार संघ चुनावमा रन्किएर अरु बेला थन्किएको एक संस्था हो । जसले कलाकारको हक हितका लागि खासै उल्लेखनीय कार्यक्रम ल्याउन नसकेको विगतमा उसले गरेका क्रियाकलापले पनि देखाउछ । कलाकार संघ त एक उदाहरण संस्था मात्र हो । नेपाली सिनेमा क्षेत्रमा च्याउ जसरी विभिन्न संघसंस्था उम्रेका छन् । तर ति संघसंस्थाको नाम सुन्नका लागि चुनाव नै कुर्नुपर्दछ ।
चुनाव जितेकाहरु २ दिन फुल माला लगाएर मिडियामा छाउँछन् । यसपछि उनीहरुको अस्तित्व बिलाएर गएको देखिन्छ । चुनावको समयका आफ्नो संस्थाको हितका लागि थुप्रै काम गर्ने आश्वासन बाढेका प्रतिनिधिहरु त्यसपछि व्यक्तिगत स्वार्थमै सिमित रहेको आलोचना भोग्छन् र हराउँछन् ।
कलाकार संघको चुनाव नजिकिदै गर्दा चहलपहल निक्कै बढेको देख्न सकिन्छ । उम्मेदवारी दिनेहरु कलाकारको घर देखि सुटिङ स्पोर्टमा पुगेर भोट मागिरहेका छन् । पैसा हुनेहरु रक्सी र वियरको खोलो बगाउदै भोट माग्न पनि अग्रसर हुन्छन् ।
तर चुनावको बेलामा हुने दौडधुप र पसिना बगाइको अर्थ चुनावपछि व्यर्थ भएको धेरैको विश्लेषण छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला