प्रिन्स ह्यारी पछी बेलायती युवराज्ञीको नाङ्गो फोटो सार्वजनिक(भिडियो सहित)

Admin | 04:01 |

भदौ २९ - बेलायती राज परिवारका सदस्यको नांगा तस्बिर सार्वजनिक हुने क्रमले निरन्तरता पाएको छ । गत शुक्रबार बेलायती युवराज्ञी केट मिडटनको टपलेस तस्बिर सार्वजनिक भएपछि बेलायतमा तहल्का मच्चिएको छ ।
केही समय अघि मात्र बेलायती युवराज ह्यारीको नांगो तस्बिर सार्वजनिक भएको थियो । युवराज्ञीको तस्बिर ‘टपलेस’ सार्वजनिक भएको हो । युवराज्ञी मिडलटनको ‘टपलेस’ तस्बिर फ्रेन्च म्यागेजिन ‘क्लोजर’ ले सार्वजनिक गरेको हो । शुक्रबार युवराज्ञी केटको टपलेस तस्बिर छापिएलगत्तै बेलायतसँगै विश्वभर यो खबरले तहल्का मच्चाएको हो ।

फ्रेन्च म्यागेजिनले बेलायती राजकुमार विलियम र युवराज्ञी केटका तस्बिरलाई चार पेजमा समेटेर छापेको छ । छापिएका तस्विरमा केट पूरै ‘टपलेस’ देखिन्छिन् ।
विभिन्न समाचार संस्थाहरुले उल्लेख गरेअनुसार यी तस्विरहरु बेलायती महारानीका भतिजा लर्ड निलेको फ्रान्सस्थित महलमा छुट्टि मनाउँने क्रममा खिचिएका हुन ।
यो तस्बिर छापिएको प्रसंगका विषयमा बेलायती राजपरिवारले विलियम र केटको निजी जीवनमाथि खेलबाड भएको भन्दै असन्तुष्टि जनाएको विभिन्न समाचार संस्थाले उल्लेख गरेका छन् । राजपरिवारले असन्तुष्टि जनाए पनि राजपरिवारबाट औपचारिक रुपमा कुनै पनि प्रतिक्रिया सार्वजनिक भने गरिएको छैन ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

Category: , , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!