आर्यनको जोडी को सँग जम्ला ?

Admin | 08:15 |

नायक आर्यन सिग्देल अहिले तनावमा छन् । आफुले अभिनय गरेका २ चलचित्र एकैदिनमा प्रदर्शनमा आउने भएपछि उनको तनाव बढेको हो । उनिद्धारा अभिनित चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘धुवाँ यो नशा’ कात्तिक ३ गतेबाट प्रदर्शनमा आउदैछन् ।
चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ देशभरका हलबाट प्रदर्शनमा आउने क्रममा छ भने ‘धुवाँ यो नशा’ मोफसलका हलबाट प्रदर्शनमा आउदैछ । आफैले अभिनय गरेका २ सिनेमाको जुधाइले आर्यनलाइ अप्ठ्यारोमा पार्ने निश्चित छ । चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ मा आर्यन दिप्ती गिरीको जोडिको रुपमा देखिएका छन् । यस्तै ‘धुवाँ यो नशा’ मा आर्यनको जोडिको रुपमा अहिलेकी चर्चित नायिका निशा अधिकारी छिन् ।
चलचित्र बृत्तमा आर्यनको जोडि दिप्ती या निशा कोसँग जम्ने हो भनेर चर्चा चल्न थालेको छ । बर्षमा कम मात्र सिनेमा खेल्ने आर्यनको करिअरमा यि दुइ सिनेमाको व्यापारले प्रभाव पार्ने निश्चित छ ।


निश सँगको जोडी भएको भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!