सैफ र करीनाको बिहेमा राष्ट्रपति प्रणव मुखर्जीलाई निम्तो

Admin | 09:10 |


बलिउड अभिनेत्री करीना कपूर र अभिनेता सैफ अली खानको बिहेमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि निम्तो दिइएको छ । समाचार अनुसार शुक्रबार सैफकी आमा शर्मिला टेँगोरले दिल्लीमा मुखर्जीसँग भेट गरी निम्ता दिएकी हुन् । सैफ र करीनाको बिहे आगामी १६ अक्टोबरमा हुँदैछ ।
केन्दि्रय चलचित्र प्रमाणिकरण बोर्डकी अध्यक्ष समेत रहेकी शर्मिलाले राष्टपति भवनमै मुखर्जीसँग झण्डै १५ मिनेट भेटवार्ता गरिन् । मुखर्जीले सैफको बिहेको निम्तो स्विकार गर्दै शुभकामना समेत दिए । तरपनि विशेष कारणबस मुखर्जी उक्त बिहेमा उपस्थित भने हुन नपाउने बताइएको छ ।
४२ वर्षीय सैफ र ३२ वर्षीया करीनाबीच धेरै अघि देखि नै बिहेको चर्चा चलेको भएपनि लगनको तिथिका बारेमा भने दुबैजनाले केही खोलेका थिएनन् । तर अन्तत १६ अक्टोबरमा यी दुइबीच बिहे हुने पक्का भयो ।
सैफ र करिनाको बिहेपछि दुइ अलगअलग ठाउँमा भोज गरिने भएको छ । मध्य अक्टोबरमा हुने पहिलो बिहे भोजमा दिल्लीमा हुनेछ भने मुम्बइमा हुने दोश्रो भोजमा फिल्मी उद्योगका मान्छेहरुलाई निम्ता दिइनेछ ।
स्मरण रहोस् फिल्म टशनका दौरा सैफ र करीनाबीच पाँच वर्षअघि प्रेम सम्बन्ध गाँसिएको थियो । यो पाँच वर्षमा यी दुइको पिरती झांगियो र बिहेको तहसम्म पुग्यो । यो बीचमा करीनाले सैफको पहिलो श्रीमतीका तर्फबाट भएका बच्चाबच्चीसँग समेत राम्रो सम्बन्ध बनाइसकेकीछिन् ।
अनलाइनखबर 

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!