कान्छि मट्याङ ट्याङका गायक रुबि जोशी पक्राउ
कान्छि मट्याङ ट्याङ , घिन्ताङमा घिन्ताङ मादलु बज्यो जस्ता गीतका चर्चित गायक रुबि जोशी पक्राउ परेका छन् ।
बैङ्कि कसुरको अभियोगमा नेपाल श्रीलंका मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका तत्कालिन अध्यक्ष समेत रहेका गायक रुबि जोशीलाइ केन्दि्रय अनुसन्धान ब्यूरो सीआइबीले पक्राउ गरेको हो ।
उनीसगै तत्कालीन संचालक गौरीशंकर चौधरीलाइ समेत प्रहरीले पक्राउ गरेको छ । जोशीले नेपाल श्रीलंका मर्चेन्ट नेपाल बंगलादेश बैंकमा गाभ्ने अन्तिम स्वीकृत लिइसकेपछि राष्ट्रबैंकको निर्देशन विपरित कर्जा प्रवाह गरेको, कर्जाको प्रयोजन उल्लेख नभएको अवस्थामा ऋण प्रबाह गरेका, अन्य बैंकको ठूलो परिणाममा भाका नाघेको कर्जा बक्यौता हुँदा हुँदै विना पुष्ट्याइ व्यक्तिगत जमानी बाहेक कुनै धितो नराखी माग गरेभन्दा वढि हुने गरी साधन र सम्पत्तिको दुरुपयोग गरेको सीआइबीले जनाएको छ । गायक जोशी र संचालक चौधरीको क्रियाकलापले श्रीलंका मर्चेन्ट बैंकलाइ ३५ करोड ३१ लाखी हानी नोक्सानी पुगेको थियो ।
अनलाइनखबर