भारतीय गायिका आशा भोषलेको छोरीले गरिन् आत्महत्या

Admin | 06:44 |


एजेन्सी, आश्विन २२ । चर्चित भारतीय पाश्र्वगायिका आशा भोषलेकी छोरीले गोली हानेर आत्महत्या गरेकी छिन् । भोषलेकी छोरी वर्षा भोषलेले आज करिब मध्यान्ह करिब १२ बजेतिर मुम्बईस्थित घरमा गोली हानेर आत्महत्या गरेकी हुन् ।
पाश्र्वगायिका समेत रहेकी वर्षाले यसअघि सन् २००८ पनि आत्महत्याको प्रयास गरिसकेकी जनाइएको छ । ५६ वर्षीया वर्षा सम्बन्धविच्छेद गरेर मुम्बईस्थित पेडर रोडमा रहँदै आएकी थिइन् । वर्षाको आत्महत्या नभएर हत्या भएको चर्चा पनि चल्न थालेको छ ।

मुम्बई प्रहरीले वर्षाको आत्महत्याको पुष्टी गरेको छ । प्रहरीले घटनास्थलबाट सुसाईट नोट पनि बरामद गरेको छ, जसमा मानसिक तनाबका कारण यस्तो कदम उठाएको उल्लेख गरिएको जनाइएको छ । वर्षाको आत्महत्याको समयमा उनकी आमा गायिका आशा भोषले भने सिंगापुरको अवार्ड कार्यक्रममा सहभागी भईरहेकी बताइएको छ । इमेज च्यानल

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!