बाराक ओबामा कण्डम बजारमा !

यहीँ मेलोमा एक कण्डम उत्पादक अमेरिकी कम्पनीले ओबामा र रोम्नीको नाममा कण्डम नै उत्पादन गरेको छ । से इट विथ ए कण्डम कम्पनीले ओबामा र रोम्नीको गुणसँग मिल्ने खालका दुइ नयाँ ब्राण्डका कण्डम उत्पादन गरेको जनाएको छ । यो कम्पनीले भावी राष्ट्रपतिका नाममा कण्डम उत्पादन गरेर चर्चा तर विवाद मात्र कमाएको छैन ओबामा र रोम्नीका गुणदोषका बारेमा जनताबीच स्वच्छ टिप्पणी गर्ने मञ्च
उपलब्ध गराएको छ । से इट विथ कण्डमका संस्थापक बेन्जामिन शेरम्यानका अनुसार ओबामा कण्डम मजबुत छ, जुन झ्वाट्ट प्वाल पर्दैन, ओबामाको प्रतिबद्धता जस्तो । तर रोम्नी कण्डम भने अली लचक छ र जुनसुकै आसनका लागि पनि उपयुक्त, अर्थात् मुखभित्रको जिब्रो गालासम्मै पुगेजस्तो ।
ओबामा र रोम्नी कण्डम उत्पादन गर्न पाएकोमा शेरम्यान खुसी छन् । उनका अनुसार यो प्रजातन्त्रको उपज हो । उत्तर कोरियामा भएको भए किम जोङ अन नामको कण्डम उत्पादन गर्न सम्भव थिएन, उनी भन्छन् ।
अनलाइनखबर