नायिकाले नाङ्गो फोटो खिच्न नमान्दा, सिनेमा बाटै आउट

Admin | 05:08 |


नेपाली चलचित्र क्षेत्र हल्ला, गसिप र स्क्यान्डलको क्षेत्र हो । पर्दामा देखिने भन्दा बिल्कुलै फरक देखिन्छ पर्दा पछाडि चलचित्र क्षेत्र । पछिल्लो समयका आएका विकृति र विसंगतिले नेपाली चलचित्र क्षेत्र उदेकलाग्दो बनिरहेको छ । यसैक्रममा एक नवनायिकाले नाङ्गो फोटो खिच्न नमानेपछि सिनेमाबाट हात धुनु परेको छ । कमलकृष्णले निर्देशन गर्न लागेको चलचित्र ‘बनाना’को पोष्टरका लागि नाङ्गो फोटो खिच्न नमानेपछि नवनायिका सुष्मिता शाहीले चलचित्रबाट हात धुनु परेको हो ।
कमलकृष्णले यसअघि सुष्मितालाई चलचित्र फूलस्टपमा काम गराएका थिए । ‘फूलस्टपमा छोरी जस्तै गरेर काम गराएको थिएँ, तर अहिले ठूलो भएपछि के गर्नु’ कमलकृष्णले चलचित्रबाट सुष्मितालाई निकाल्नुको कारण दिँदै भने । उनले सुष्मितालाई अरु नै निर्माताले साथ दिन थालेपछि उसको भाउ वढेको प्रतिक्रिया अनलाइनखबरलाई दिएका छन् । उनले भने -’सुटिङको समयमा ऊसँग मोबाइल नभएकाले मैले नै ३१ सय पर्ने मोबाइल किनिदिएको थिएँ । तर अहिले उसँग २१ हजार जाने मोवाइल र ल्यापटप छ ।’ अरुकै कुरा सुनेपछि छोरी जस्तो मानेकी सुष्मिताले आफूलाई धोका दिएको उनको भनाई छ ।
‘बनाना’का तीनमध्ये एक नायिकाको रुपमा सुष्मितालाई खेलाउने तयारी कमलकृष्णले गरेका थिए । ‘तर अन्तिम समयमा आएर उसले धोका दिइ’ अनलाइनखबरसँग उनले भने । तर नायिका शाही भने आफुलाई चलचित्रको पोष्टरका लागि नाङ्गो तस्वीर खिच्न भनेपछि सिनेमा छोडेको बताउँछिन् । उनले भनिन् -’मेरो कपालले मेरो पुरै शरीर ढाक्नुपर्ने फोटो म कसरी खिच्न सक्छु, यही भएर सिनेमा छोडें ।’

सिनेमा छोडेको स्टाटस फेसबुकमा लेखेपछि कमलकृष्णले आफूलाई गाली गरेको उनको भनाइ छ । कमलकृष्णले आफूलाई तँ ठूलो मान्छे भैछस्, आफ्नो औकात देखाइस् भन्दै गाली गरेको उनको भनाइ छ । ‘म सिनेमा क्षेत्रमा जम्दै गरेको नव कलाकारले कसरी यस्तो फोटो खिच्न सक्छु’ शाहीले भनिन् ।
केराको कथामा बन्न लागेको ‘बनाना’मा गीतकार अनु शाहले एकल शब्द कोरेकी छिन् । आफ्नो चलचित्रमा आफै शब्द लेख्ने कमलकृष्णले यसपटक शाहलाई मौका दिएका हुन् ।
अनलाइनखबर

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!