बाघले शाकाहारी बन्छु भनेझै , मल्लिका शेरावत कुमारी नै बस्ने हरे !

Admin | 14:00 |


अभिनेत्री मल्लिका शेरावत बलिउडमा सधै चर्चामा रहने अभिनेत्री मध्य एक हुन् । बलिउडमा उनको नसालु आखा र उनले फेर्ने पहिरन का कारण पनि उनि अन्य अभिनेत्री भन्दा बढी नै चर्चामा रहने गरेकी छन् । उनले एक समय आफु कहिलै पनि बिबाह नगर्ने भनेर बताएकी थिइन् । जसका कारण पनि उनका प्रसंकहरु दुई गुना बढेका थिए । तर अहिले मल्लीकाले यहि बिबाहको कुरालाई बङ्ग्याएर चर्चामा आउन चाहेकी छन् । उनले आफुले भनेको बिबाह नगर्ने शब्दलाई जहिले पनि चर्चाको बिषय बनाउन चाहन्छीन् । हालै मात्र उनले बिबाह अब पुरानो चलन भएको र आफु बिबाह नगर्ने बताएकी छन् । उनले भनिन् मलाई कहिलै पनि बिबाह गर्छु जस्तो लागेको छैन । उनले अहिले गरिने बिबाहको चलन पुरानो भएकोले यसरी बिबाह गर्नु भन्दा पनि कुमारी नै रहन आफुलाइ सहज भएको बताएकी छन् ।

मेरा प्रसंसकलाई मैले बिबाह नगर्ने भनेकी छु भने बिबाह गरेर फेरी लाखौं मेरा प्रसंसकको दिल पनि तोड्न चाहन्न उनका भनाई उल्लेख गर्दै एजेन्सीले जनाएको छ । मल्लिकाले आफुले अहिले सम्म कहिलै पनि जिबन साथीका रुपमा कुनै पुरुसको कल्पना नगरेकोले अब पनि कल्पना गर्न चाहन्न । उनले आफु अहिले चलचित्र अभिनयमा ब्यस्त रहेको र अभिनयमा नै लागी रहने भएकोले यस बाहेक केही पनि नसोचेको बताएकी छन् । (एजेन्सी)

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!