शायद पहिलो चोटि राजेश हमालको यस्तो बेइज्जत भएको हुन सक्छ !
सिनेमाबाट फुर्सदिलो बनेपछि नायक राजेश हमालले पछिल्लो समयमा सामान्य भन्दा सामान्य कार्यक्रममा समेत आफुलाइ उभ्याउने गरेका छन् । यसैक्रममा उनले वुधबार एक एल्बम विमोचनमा आफुलाइ प्रमुख अतिथीको रुपमा उभ्याए ।
अधिकांश कार्यक्रममा ढिलो पुग्ने गरेका आरोप लागेका हमाल यो कार्यक्रममा पनि निर्धारित समयभन्दा केही पछि पुगेका थिए । तर नायक हमाललाइ प्रमुख अतिथी बनाएर एल्बम बिमोचन गर्न तम्सिएक नब गायक विकास पाण्डे नै कार्यक्रममा देखिएनन् । एल्बम बिमोचन हुने समयसम्म संचालिकाले बोलाउँदा पनि उनी कार्यक्रम हल वरपर देखिएनन् ।
देशकै महानायकलाइ प्रमुख अतिथी बनाएर कार्यक्रममा बोलाउने तर आफै उपस्थिती नहुने नव गायक पाण्डेको चर्तिकला लाजमर्दो थियो । कार्यक्रममा उपस्थित पत्रकार तथा अन्य अतिथीले मात्र होइन हमालले समेत पाण्डेको चर्तिकलाप्रति असन्तुष्टि जनाइसकेका थिए । प्रमुख तथा अन्य अतिथीलाइ स्टेजमा स्वागत गर्नु पर्ने गायकलाइ नै अतिथीले स्वागत गर्नु परेको दृश्य उदेक लाग्दो थियो । कार्यक्रममा राजेशका अलवा वरिष्ठ गितकारद्धय राजेन्द्र थापा र रत्नशमशेर थापालाई पनि अतिथीको रुपमा बोलाइएको थियो । तर यि चर्चित श्रष्टालाइ वेवास्ता गर्दै कार्यक्रममा उपस्थितै नभएका व्यक्तिलाइ विमोचनका लागि बारम्बार बोलाउनु दुखद कुरा थियो ।
अर्जुन पोखरेलको एरेन्जमेन्ट रहेको ’कम अन’ (हुन सक्छ ) एल्बम विमोचनका लागि राजेश हमाल पुगेका थिए । यो एल्बममा ६ वटा गीत समावेश छन् । एल्बमले आफुलाइ सांगीतीक क्षेत्रमा स्थापीत गर्ने विकासको विश्वास छ ।
सामान्य भन्दा सामान्य कार्यक्रममा पुगेर आफुलाइ उपस्थित गराएर फितलो बनेका हमालले यो कार्यक्रमबाट पक्कै पनि धेरै कुरा सिके होलान् ।
अनलाइनखबर