सांग्ला खाने प्रतियोगिता : जित्नेको गयो ज्यान

Admin | 08:59 |


अमेरिकाका एक मानिसले सांग्ला खाने प्रतियोगिता त जिते तर सांग्लाको सेवन उनको मृत्युको कारण बन्यो र जितको खुसी मनाउन नपाउँदै उनी परमधाम भए ।
अमेरिकाको फ्लोरिडामा भएको जिउँदा सांग्ला चपाएर खाने प्रतियोगितामा अरु ३० जना स्पर्धीलाई पछार्दै ३२ वर्षका इडवार्ड आर्कबोल्ड प्रथम भए । तर प्रतियोगिता सकिने बित्तिकै उनलाई बिसन्चो भयो र प्रतियोगिता स्थलमै ढलेर बेहोस भए ।
प्रहरीका अनुसार प्रतियोगितामा उनीसँगै सांग्ला खाएका अरु प्रतिस्पर्धी भने कोहीपनि बिरामी परेका छैनन् । सांग्ला खाएर ढलेलगत्तै आर्कबोल्डलाई अस्पताल लगियो जहाँ उनलाई डाक्टरहरुले मृत घोषित गरे ।
उनको मृत्युको खास कारण अझै पत्ता लाग्न नसकेको र पोष्ट पार्टम रिपोर्टपछि मात्र थाहा लाग्ने बताइएको छ । प्रतियोगिताका आयोजकले यो घटनाबाट आफु मर्माहत भएको बताएका छन् । प्रतियोगितामा भाग लिनु अघि सबैजनालाई मन्जुरीनामा कागज गराइएको र पछि केही भएमा उजुरी नगर्ने सहमति भएको हुनाले आयोजकलाई आर्कबोल्डको मृत्युको विषयमा मुद्दा नचल्ने सम्भावना रहेको बताइएको छ ।
अनलाइनखबर

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!