बेलायती गोर्खा सैनिकमा कार्यरत दुई नेपालीको अफगानिस्तानमा मृत्यु

Admin | 15:20 |

कात्तिक १४ - अफगानिस्तानमा खटिएका बेलायती सेनाको रोयल गोर्खा राइफल्समा कार्यरत दुई नेपालीको गोली हानी हत्या गरिएको छ। अफगानी प्रहरीको वर्दी लगाएका व्यक्तिले आज गोली हान्दा उनीहरुको मृत्यु भएको बेलायती सञ्चार माध्यम 'डेली मेल' ले जनाएको छ। दुवै सैनिक द रोयल गोर्खा राइफल्सको फर्स्ट बटालियनमा कार्यरत रहेको बताइएको छ। उनीहरुको नाम सार्वजनिक गरिएको छैन। तर मृतकका आफन्तलाई खबर गरिसकिएको बेलायती सेनाले जनाएको छ। अफगानिस्तानको हेल्मन्ड प्रान्तको नहर-ए- सराज जिल्लामा यो घटना भएको हो। यसअघि यो वर्षमात्रै अफगानिस्तानमा ५६ विदेशी सैनिकको मृत्यु भइसकेको छ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!