आफु बोर्ड अध्यक्ष बन्छु कि बन्दिन भनेर हात हेराउन रेखा थापा जोतिशिकोमा !
नायिका रेखा थापा आफ्नो ओरालो लाग्दै गरेको चलचित्र करिअरलाइ राजनीति मार्फत फेरी अर्को उचाइमा पुर्याउन चाहन्छिन् । यसैले चलचित्र विकास बोर्डको अध्यक्ष बन्न उनले दौडधुप पनि मज्जैले गरिन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालदेखि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलार्इ समेत उनले भेटिन् । तर बोर्डको अध्यक्ष बन्ने कुनै संकेत नदेखेपछि उनी ज्योतीषको शरणमा पुगेकी छिन् ।
नायिका थापाले युवा ज्योतीष हरिहर अधिकारीसँग आफ्नो राजनीतिक भविष्यको बारेमा चिन्ता व्यक्त गरेकी हुन् । अधिकारीलार्इ उनले आफ्नो राजनीतिक भविष्य कस्तो हुन्छ हेरिदिन आग्रह गरेकी थिइन् । चलचित्र विकास बोर्डको अध्यक्ष हुँदै राजनीतिमा सक्रिय रुपमा लाग्ने सोचाइ उनको छ । राजनीतिमा लाग्दा आफ्नो प्रतिष्ठा गुम्छ या गुम्दैन भन्ने चासो समेत रेखाको थियो । राजनीतिमा आउन कुनै वाधा भए रेखा शान्ति होम लगाउन तयार देखिएकी छिन् । शान्तिहोम गर्न परे पनि गर्छु रेखाको भनाइ उर्द्धत गर्दै ज्योतीष अधिकारीले बताए । उनले ज्योतीष अधिकारीसँग आफ्नो वैवाहीक जीवनका बारेमा समेत चिन्ता व्यक्त गरेकी थिइन् । आफ्नो वैवाहीक जीवन विग्रनुको कारण खोतल्दै रेखाले अर्को बिहे गर्दा कस्तो हुने भनेर जिज्ञासा राखेको ज्योतीष अधिकारीले अनलाइनखबरलार्इ बताए ।
पति छविराज ओझासँग वैवाहीक जीवन खलबलिएपछि रेखा आफ्नी आमासँग छुट्टै बस्दै आएकी छिन् ।
अनलाइनखबर