डिभोर्स भएका छबी र रेखाको नयाँ प्रेमिको चर्तिकला

Admin | 17:25 |


बुधवारको दिन रेखा थापा रिल र रियल दुवैमा एक साथ रोमान्स गरिरहेकी थिइन्। लंका को एक गीतको सुटिङ्गको क्रममा रहेकी रेखा रिलमा नायक किशोर खतिवडासँग रोमान्स गरिरहेकी थिइन् भने रियलमा श्रीमान् छवि ओझासँग। रेखालाई यो दुवै संयोग जुराएको थियो श्याम भट्टराई निर्देशित सिनेमा लंकाले। कार्तिक २४ गते देखि काठमाडौं बाहिरबाट प्रदर्शन थाल्ने सिनेमाले मर्ने बेलामा हरियो काँक्रो भनेझैं सिनेमा रिलिज हुने बेलामा काठमाडौंको रंगशालामा यो पल...बोलको गीत सुटिङ्ग गरिरहेको थियो।

केही महिना पहिला एक अर्कासँग एक क्षण पनि बिताउन नसक्ने भनेर मिडियामा आरोप प्रत्यारोप गरिरहेका रेखा थापा र छवि ओझा बुधवारका दिन भने रौं बराबरको दूरीमा बसेर भलाकुसारी गरिरहेका थिए। रंगशालाको मैदानमा कुराकानीका क्रममा रेखा प्रेमले छविका गाला तथा नाक सुमसुम्याई रहेकी थिइन्। डिभोर्सको संघारमा रहेको भनिएका उनीहरुको यस्तो चर्तिकला हेर्दा लाग्थ्यो उनीहरु भर्खर प्रेममा परेका छन्।

सन्तोष रजौरेको संगीतमा प्रविशा अधिकारी र दिपक लिम्बुले आवाज दिएको गीतमा नृत्य निर्देशक कविराज गहतराज रेखा र किशोरलाई थरि थरि गरेर नचाईरहेका थिए। रेखा भने यस्तै बिचको समय चोरेर छविसँग गफ गरिरहेकी थिइन्।

सुटिङ्गमा प्रशन्न मुद्रामा उपस्थित श्याम भट्टराई गीतका लागि फूलवारी चाहिएकाले यतिबेला सुटिंग गरेको जानकारी दिईरहेका थिए। सँगसँगै गीतको सिआरबिटी बढ्ने क्रममा रहेकाले पनि सुटिंगको चाँजो  मिलाएको श्यामको जवाफ थियो। श्यामले जनाए अनुसार एक दिन अघि गीतको सुटिंग ललितपुरको गोदावरीमा पनि गरिएको थियो।

रेखा थापा लेडी पुलिसको भूमिका रहेको लंकामा किशोर खतिवडाले उनलाई साथ दिएका छन्। सिनेमाको अधिकांश सुटिंग सर्लाहीमा गरिएको थियो। तिहारको अवसरमा रिलिज हुन लागेको सिनेमालाई धेरैले आशाको नजरले हेरेका छन्।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!