केटी र गाँजासित पक्राउ परेका पारश धरौटीमा छुटे
समाचार संस्था एएफपीका अनुसार अक्टुवर २३ तारिखमा उनकै अपार्टमेन्टबाट पक्राउ परेका शाहलाई शुक्रबार स्थानीय अदालतले धरौटीमा रिहा गरेको हो ।
प्रहरी कर्णेल जिरसक सेइमसकले भने- सुरुमा पक्राउ पर्दा उनी को हुन भन्ने हामीलाई थाहा थिएन, किनकी उनको पासपोर्ट साधारण थियो ।’
रिहालगत्तै शाहले लागूऔषध कारोवार गरेको अस्वीकार गरेका छन् । प्रहरीले लागूऔषधबारे परिक्षणको नतिजा कुरिरहेको समाचारमा उल्लेख गरिएको छ ।