सन्नीले सेक्स सिन दिँन हिरोहरुको मेडिकल सर्टिफिकेट मागेको खुलासा

Admin | 17:02 |



पर्दामा सेक्स सिन उतार्न बलिउड परिपक्व बनिसकेको छ र पर्दामा उतारिएका दृश्य केवल देखाउनका लागि मात्र हुन् भन्ने सबैलाई थाहा छ । तर बलिउडमा आफ्नो पहिलो फिल्म जिस्म-२ मै सेक्स सिन दिन पुगेकी पोर्न स्टार सन्नी लियोनलाई भने बलिउड फिल्मका सेक्स सिन केवल नाटक मात्र हुन् भन्ने थाहा रहेनछ ।

त्यसैले होला सन्नी लियोनले जिस्म-२ मा अभिनेता रणदिप र अरुणोदय सँग सेक्स सिन दिनुभन्दा अघि ती दुइ हिरोको मेडिकल सर्टिफिकेट माग गरेकी थिइन् । सेक्स सिन दिँदा साँच्चीकै हिरोसँग सेक्स गर्नुपर्ने र त्यसरी सेक्स गर्दा कुनै जोखिम नहोस् र यौन रोग नलागोस् भनेर उनले हिरोहरुको निरोगिताको प्रमाणपत्र माग गरेकी बताइएको छ ।

श्रोतका अनुसार फिल्मको एनिमेट दृश्यको छायांकन गर्नुअघि सन्नीले फिल्म निर्देशक पुजा भट्टलाई इमेल गरेर रणदिप र अरुणोदयको निरोगिताको प्रमाणपत्र आफुलाई दिन माग गरेकी थिइन् । उनले आफु निरोगी रहेको मेडिकल सर्टिफिकेट समेत पूजालाई पठाएकी थिइन् ।

आफुले फिल्म सुटिङका दौरान सेक्स गर्दा एचआइभी लगायतका यौनरोग नलागोस् भनेर उनले यसो गरेकी थिइन् । सन्नीले यस्तो आसयसहितको इमेल पठाएपछि पूजा भट्ट तिनछक परिन् । उनले त्यसपछि आफै सन्नीसँग गएर फिल्ममा सेक्स सिन दिँदा साँच्चीकै सम्भोग गर्न नपर्ने र केवल उत्तेजक हाउभाउमा अँगालोमा बेरिए पुग्ने बताइन् ।

एडल्ट फिल्ममा जस्तो बलिउडमा सेक्स गर्नु नपर्ने उनले बताएपछी सन्नी बल्ल ढुक्क भइन् । श्रोतका अनुसार दुइ लक्का जवान हिरोसँग फिल्म सुटिङ गर्दा साँच्चीकै सेक्स गर्ने कुराले सन्नी लियोन सुरुमा निकै उत्साहित थिइन् । तर फिल्ममा साँच्चीकै सेक्स गर्न नपर्ने थाहा पाएपछि उनी केही हच्किएको तथा दुखी बनेको बताइन्छ ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!