भारतीय टेलिसिरियलमा बिक्दै उषा पौडेल (भिडियो)

Admin | 06:24 |


नेपाली सिनेमामा खासै जम्न नसकेपछि भारतीय कलाकार राहुल रोयका पछि लागेर मुम्बई पुगेकी नायिका उषा पौडेल भारतीय सिरियलमा जमिरहेकी छिन् । नेपाली सिनेमाका थुप्रै कलाकार भारत पुगेपनि रित्तो हात फर्किरहेका छन् । तर, नायिका पौडेलको भने भारतीय सिरियलमा माग बढ्दै गएको छ ।
केही समयअघि उनी भारतीय चर्चित टेलिभिजन सोनीबाट प्रशारण हुँदै आएको अदालतमा देखिएकी थिइन् । अदालतको २ भागमा देखिएपछि उनको टेलिसिरियलको यात्राअघि बढेको हो । अहिले नायिका पौडेल ‘साहारा वन’ बाट प्रशारण हुदै आएको ‘तुज संग पि्रत लगाइ सजना’मा देखिएकी छिन् । उनको भुमिका यो सिरियलमा निक्कै दमदार देखिएको छ । भारतीय सिरियलका चर्चित कलाकारसँगै उषाले अभिनय गरेको देख्न सकिन्छ ।
बलिउड नगरीमा प्रवेश गर्नका लागि संघर्षरत् उषा सिरियललाई आफ्नो सिनेमा प्रवेशको खुड्किलो बनाउँदैछिन् ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!