अवार्ड समारोहमा लुटका निर्देशकले पोखे गुनासो

Admin | 18:33 |


नेपाली फिल्म उद्योगमा संकटकाल लाग्ने पक्कापक्की भएको अवस्थामा संकटकाल लाग्न बाट जोगाउने फिल्म लुट हो । सबै फिल्महरु धमाधम फ्लप भैरहेको अवस्थामा तत्कालिन समयमा लुटले जादुमय तरिकाले दर्शकहरुलाई हल सम्म ल्याएको थियो । र, पछिल्लो समय सर्वाधिक सफल फिल्मको रुपमा पनि लुट लाई नै लिने गरिन्छ ।

लुट फिल्म चल्ने ताका फिल्म भित्र रहेको संवादहरुले निकै चर्चा कमाएको थियो । अझै धेरैले त  लुट फिल्म चल्नुको मुख्य कारण नै फिल्मका पात्रहरुले बोल्ने संवाद नै भएको दावी गरे । निर्माणपक्षले पनि लुट फिल्म चल्नुको मुख्य कारण संवाद नै भन्ने गर्छन् । तर अचम्म संवादकै कारण सर्वाधिक चर्चा बटुलेको फिल्म लुट छाँयाछवी डिजिटल फिल्म अवार्डमा उत्कृष्ट संवादको नोमिनेशनमा समेत परेन ।

आफ्नो फिल्मको संवाद उत्कृष्ट संवाद अर्न्तगतको नोमिनेशनमा नपरेपछि यो फिल्मका निर्देशक निश्चल बस्नेतले कार्यक्रम स्थलमै गुनासो पोखे । “हाम्रो फिल्ममा सबैभन्दा धेरै चलेको भनेको संवाद नै हो तर अफसोच फिल्ममा रहेको संवाद जुरी मेम्बरलाई भने कमजोर लागेछ ।” बस्नेतले भने– “त्यहि भएर हाम्रो फिल्मका निर्माताद्धय नरेन्द्र महर्जन र माधव वाग्लेले कार्यक्रममा समेत सहभागिता जनाउनुभएन ।”

भलै, लुट फिल्मले उत्कृष्ट नवनिर्देशक, सिनेम्याटोग्राफर, उत्कृष्ट अभिनेता लगाएतका शिर्षकमा भने अवार्ड प्राप्त गर्न सफल रह्यो । आफुले उत्कृष्ट नवनिर्देशकको अवार्ड पाएपनि फिल्ममा रहेको सबैभन्दा सशक्त हतियार संवादमा अवार्ड नपाउँदा आफ्नो कामलाई निरुत्साहित बनाएको उनले गुनासो पोखे । यद्यपी आफ्नो सफलता फिल्मका सबै क्रु मेम्बरहरुको रहेको बताउँदै बस्नेतले आगामी दिनमा पनि नेपाली फिल्म उद्योगलाई अझै राम्रा र सफल फिल्म दिईरहने बताए ।

अवार्ड कार्यक्रममा संवाद शिर्षक अर्न्तगत उत्कृष्ट संवादको अवार्ड विजय बस्नेत निर्देशित फिल्म देवयानीले प्राप्त गरेको थियो । जुरी मेम्बरहरुले देवयानीको संवादलाई उत्कृष्ट माने । निश्चल जी आफ्नो चिज सबैलाई राम्रो लाग्छ र लाग्नु पनि पर्छ । तर, आफ्नो मात्रै राम्रो देख्ने र अरुको चाँहि नराम्रो नै देख्ने बानी राम्रो हो र ?

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!