१२-१२-१२ को साइतमा बच्चा पाउने होड

Admin | 07:08 |


अघिल्लो वर्ष सन् २०११ को नोभेम्बर ११ अर्थात् ११-११-११ को शुभ साइतमा विश्वभरी नै शुभकार्य फत्ते गराउनका लागि भएको होडबाजीको समाचार त सुन्नु नै भएको थियो होला । त्यो बेला अरु शुभ कार्य मात्र नभएर बच्चा जन्माउनका लागि समेत महिलाहरुको अस्पतालमा लाइन लागेको थियो । एकै अंकको शुभ साइतको यस्तो क्रेज यो वर्ष पनि उस्तै देखिएको छ । यो वर्ष सन् २०१२ को डिसेम्बर १२ का दिन अर्थान् १२-१२-१२ को शुभ साइतमा बच्चा जन्माउनका लागि भारतका विभिन्न अस्पतालमा गर्भवती महिलाहरुले बुकिङ गराउन थालेका छन् ।

डिसेम्बर १२ भन्दा अघि वा पछि डेलिभरी डेट तोकिएका महिलाहरुले समेत सोही दिनमै जसरी भएपनि बच्चा जन्माउनका लागि डाक्टर बुकिङ गराएका हुन् ।
सताब्दीकै दुर्लभ योगको रुपमा रहेको यो वर्षको डिसेम्बर १२ का दिन बच्चा जन्माएर किर्तिमान राख्न चाहने महिलाहरुको संख्या निकै बढि भएको भारतीय संचार माध्यमहरुको भनाइ छ । भारतमा मात्र नभएर अरु पश्चिमा मुलुकहरुमा समेत यो दुर्लभ तिथिमा बच्चा पाउने होडमा महिलाहरु उत्रिइसकेका खबर छ ।
स्मरण रहोस् १२-१२-१२ को तिथि अब एक सय वर्ष पछि अर्थात् सन् २११२ को डिसेम्बर १२ मा मात्र आउनेछ । ज्योतिष हरुका अनुसार यो वर्षको डिसेम्बर १२ केवल अंकको दृष्टिले मात्र होइन ज्योतिषीय दृष्टिले पनि शुभ छ । यो दिन सिंह लग्न हुनुका साथै चन्द्रमा वृश्चिक राशीमा छ । सिंह लग्नका स्वामी सूर्य र वृश्चिकका स्वामी मंगल हुन्छ । ज्योतिषहरुका अनुसार दुबै अग्नी तत्व राशी हुन् । दुवैबीच मित्रवत सम्बन्ध हुने भएकाले दुइ राशी जुटेको साइत शुभ हुन्छ ।
अंक ज्योतिषका अनुसार १२ गुरु अंक हो किनकी १ र २ जोड्दा ३ हुन्छ र ३ लाई गुरुको प्रभाव क्षेत्रमा मानिन्छ । वैदकि ज्योतिष तथा अंक ज्योतिष दुवैका विचारलाई मिलाउँदा यो संयोगको दिन निकै शुभ दिनको रुपमा लिन सकिन्छ । त्यस्तै १२-१२-१२ जोड्दा ९ हुन्छ । ९ अंक मंगलको स्वामी मानिन्छ ।
ज्योतिषहरुका अनुसार आउँदो डिसेम्बर १२ का दिन जन्मिने बच्चा ओजस्वी तथा निकै चतुर र सक्रिय हुन्छ र आफ्नै बल बर्कतले आफ्नो भविष्य लेख्न सक्षम हुन्छ ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!