पाठेघर फालेपछि मनिषालाई कलेजोमा पनि समस्या

Admin | 19:13 |


न्यूयोक । डिम्बासयको अप्रेसन गरेकी अभिनेत्री मनिषा कोइरालाको कलेजोमा समेत समस्या रहेको खुलासा भएको छ । बिरामी भएर नर्भिक अस्पताल पुगेलगत्तै गरिएको परिक्षणमा डिम्बासयमा क्यान्सर र कलेजोले काम नगर्ने अबस्था रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अचानक पेट दुखेर आत्तिएकी मनिषालाई परिवारले गत मंसिर १० गते थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याएका थिए । अस्पताल आउँदा मनिषाको अत्यधिक रक्तश्राव भएको अस्पताल स्रोतले जानकारी दियो । त्यतिबेलै गरिएको परिक्षणमा मनिषाको डिम्बासयमा क्यान्सर र कलेजो फेल भएको रिपोर्ट आएको छ ।

‘ल्याब रिपोर्टमा ओभरियन म्यालिग्यान्सी र कलेजो डिस्फङसनिङ भएको पाइएको थियो’ स्रोतले भन्यो-’ त्यो भनेको डिम्बासयमा क्यान्सर र कलेजोले काम गर्न छाडेको अबस्था हो ।’

रिपोर्ट सोचेभन्दा निकै खतरनाक आएपछि परिवारको आग्रहमा अस्पतालले उनको स्वास्थ्य अबस्था गोप्य राखेको थियो । तीन दिनसम्म नर्भिकमै राखेर मंसिर १२ गते मनिषालाई मुम्बईस्थित जसलोक अस्पताल पुर्‍याइएको थियो । मनिषाको रोगबारे नर्भिकमै जानकारी भएपनि उनलाई जसलोक हुँदै अमेरिका लगिएको बताइएको छ । ‘क्यान्सरको कुरा त मुम्बई पुगेलगत्तै खुलाइएको तर कलेजोको समस्या अहिलेसम्म खुलाइएको छैन’ स्रोतले भन्यो-’अमेरिका जानुको खास कारण कलेजोको समस्या हो । अत्यधिक मदिरा सेवन गर्ने ब्यक्तिको कलेजोमा समस्या आउने चिकित्सकहरु बताउँछन् ।

नर्भिकमा मनिषाको उपचार बरिष्ठ चिकित्सक मघु घिमिरेको टोलीले गरेको थियो । उपचारमा उनका काका तथा काँग्रेस नेता डा. शेखर कोइराला प्रत्यक्ष सहभागी थिए । सो क्रममा डा. कोइरालाले मनिषाको सवै केसको गहिरो अध्ययन गरेका थिए । नर्भिकको ल्याब रिपोर्ट पनि सुरुमा शेखरले नै हेरेका थिए । उनकै सल्लाहमा थप उपचारका लागि लैजाने निर्णय भएको थियो ।

सार्वजनिक ब्यक्तिहरुको अस्पताल आउनसाथ बिज्ञप्तिमार्फत् जानकारी दिने नर्भिकले मनिषाको उपचारका क्रममा भने कुनै सूचना सार्वजनिक गरेन् । परिवारको आग्रहपछि नर्भिकको बोर्डले कुनै ब्यक्तिको उपचारको जानकारी नदिने निर्णय गरेको थियो ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!