छोडपत्र माग्ने युवतीसँग बुढा न्यायाधीशको चर्तिकला

Admin | 15:40 |


आफगानिस्तानका एक वरिष्ठ न्यायाधीशले श्रीमानसँग छोडपत्र गराईदिन माग गर्दै आएकी एक महिलासँग उनको हात मागेका छन् ।
न्यायाधीशले छोडपत्र गराईदिए बापत १ लाख १० हजार अफगानी मुद्रा र आफूसँग विवाह गर्नु पर्ने सर्त राखेको गोप्य रेकर्डिङबाट खुलेको हो । आरोपित न्यायाधीशको उमेर ६५ वर्ष छ र उनले आरोपको खण्डन गरेका छन् । उनले विवाहको प्रस्ताव आफूले ठट्टा गरेको दावी गरे ।
उनले भनेका छन्-’जब उनले आफूसँग विवाह गर्न कोही तयार छैनन भनिन् । मैले ठट्टा गरेर म तिमिसँग विवाह गर्छु भनेको हुँ ।’ छोडपत्र माग्दा अदालत पुगेकी देवाले आफू अलालाबादको अदालत पुग्दा न्यायाधीश जोराहुद्दीनले घरमा बोलाएको र यस्तो प्रस्ताव राखेको बीबीसीलाई बताइन ।
देवा एक रेडियो पत्रकार समेत थिइन् । उनले न्यायाधीशको जाँदा लुकाएर रेकर्डिङ गरेका थिइन् । उनले भनेकी छिन्-’जब घुस माग्न थालियो, मैले उनको आवाज रेकर्ड गरेँ ।’ रेकर्ड गरिएको कुराकानीमा न्यायाधीशले २० हजार अफगानी मुद्रा माग गरेका छन् भने मुद्दा सुनुवाई गर्ने न्यायाधीशका लागि १ लाख मागे । देवाले आफूसँग यति धेरै रकम नभएको बताएपछि ती न्यायाधीशले आफूसँग विवाहको प्रस्ताव राखेका थिए । उनले भने-’म तिमिलाई २० लाख अफगान मुद्रा दिन्छु र शिरदेखी पाउसम्म सुनले ढाकिदिन्छु ।’ देवाको परिवार ती न्यायाधीशको रेकर्ड गरिएको आबाजसहित सर्वोच्च अदालत पुगेको छ ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!