सकियो नेपालमा हलिउड फिल्मको छायांकन

Admin | 06:20 |


राजवल्लभ कोइरालाले मुख्य नायकको भुमिकामा काम गरेको हलिउड फिल्म हाईवे टु धम्पुस युनिट अहिले अमेरिका फर्किसकेको छ । पोखराका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यो चलचित्रको युनिटका साथमा नायक कोइराला पनि अमेरिका पुगेका छन् ।
एक हलिउड फिल्मको छायांकन सकिएलगतै अर्को हलिउड सिनेमाको छायांकन भर्खरै मात्र नेपालमा गरिएको छ । । अमेरिकन उपन्यासकार जोसेफ वङद्धारा लिखित उपन्यास सोल्डलाई मुख्य आधार बनाएर तयार पारिएको हलिउड सिनेमामा मह जोडी मुख्य भुमिकामा देखिँदैछन् । सिनेमाको नाम सुरुवातमा सोलड राखिएता पनि अन्तिम समयमा फ्लाइट राखिएका हो । चलचित्रको पोखरा र कास्कीको हेम्जा गाविसमा छायांकन गरिएको छ । सिनेमाको छायांकन सकेर निर्माण युनिट अमेरिका फर्किसकेको छ ।
कलकत्तामा केही दिन छायांकन गरी निर्माण युनिट ४० जनाको टोली लिएर नेपाल आएको थियो । चलचित्रमा नेपालका  ४० जना प्राविधिक तथा कलाकारहरुको सहभागीता छ । चलचित्रको प्रोडक्शन म्यानेजर अरुण रेग्मी रहेका छन् भने प्रोडक्शन कोडिनेटर अनन्त तिमिल्सिनाले गरेका हुन् । सिनेमाको निर्देशन अमेरिकी निर्देशक जेफ्री ब्राउनले गरेका हुन् । यो सिनेमामा महजोडीको अतिथि भूमिका रहेको छ ।
एउटा नेपाली चेली कसरी मुम्बईको कोठीमा बेचिन्छ भन्ने कथालाई सिनेमाले उठान गर्न खोजेको छ । सिनेमाको निर्माणमा माइती नेपालले पहल गरेको बताइएको छ । चलचित्रमा मह जोडीका अलवा निहार, ज्यापार लगायतको अभिनय छ । अतिथि भूमिका भए पनि अंग्रेजीमा संवाद बोल्दा रमाइलो लागेको महजोडीको भनाइ छ ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!