तेश्री दुलही बन्दै विद्या बालन

Admin | 06:19 |


बलिउडमा सेकेण्ड ह्याण्ड पुरुषहरुलाई जिवनसाथी रोज्ने अभिनेत्रीहरुको कमी छैन । केही समयअघि करीना कपूरले विवाहित सैफ अली खानसँग बिहे गरेर यो सूचिमा नाम लेखाएकी थिइन् । करीना सैफकी दोश्री दुलही बन्न गएकी थिइन् । तर अब करीनालाई एक कदम पछाडि पार्दै अर्की हट अभिनेत्री विद्या बालन तेश्री दुलही बन्ने भएकी छिन् ।

उलाला गर्ल विद्या बालन आफ्ना प्रेमी सिद्धार्थ राय कपूरसँग लगनगाँठो कस्दै डिसेम्बर १४ मा सिद्धार्थकी तेश्री दुलही बन्न पुग्नेछिन् । फिल्म निर्माता कपूर र विद्याबीच लामो समयदेखि इलुइलु चलिरहेको थियो ।
जिवनमा पहिलोचोटी बिहे गर्न लागेकी विद्या सिद्धार्थकी तेश्री दुलही बन्न जानुलाई कतिपयले आश्चर्यको रुपमा लिएका छन् । तर के गर्नु आखिर प्रेममा फसेपछि ?
विद्यालाई तेश्रो दुलही बनाउन लागेका सिद्धार्थले पहिलो विवाह आफ्नी बाल्यकालदेखिकै साथीसँग गरेका थिए तर त्यो धेरै समय टिकेन । टेलिभिजन कार्यक्रम निर्मातासँगको दोश्रो विवाह पनि उस्तै असफल रह्यो । अन्ततः विद्यासँग पिरती गाँस्न पुगेका सिद्धार्थले विद्यालाई आफ्नो बाहुपासमा राख्न कत्तिको सक्ने हुन् ? त्यो भने हेर्न बाँकी छ ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!