केवल लिंगका परिकार बिचित्रको रेष्टुरेन्ट(Penis Restaurant) (भिडियो सहित)

Admin | 06:14 |

हामीले थाइल्याण्डको कण्डम रेष्टुरेन्टका बारेमा विचित्र संसारमार्फत जानकारी पस्किसकेका छौँ । आज फेरी यस्तै अनौठो रेष्टुरेन्टका बारेमा जानकारी प्रस्तुत गर्दैछौँ जहाँ केवल लिंगका परिकार मात्र खान पाइन्छ ।

यो सुनेर तपाइँलाई अवश्य पनि आश्चर्य लाग्नेछ तर यो सत्य हो । हो चीनको बेइजिङमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ केवल लिंगका परिकार मात्र पाइन्छ । इतिहास अनुसार यस्तो खालको रेष्टुरेन्ट सबैभन्दा पहिले अमेरिकाको जर्जियास्थित अटलान्टाको चाइनाटाउनमा १९५६ मा स्थापना भएको थियो । गुओ परिवारले आफ्नो सातौँ पिँढीको जेठो छोरो जन्मेको उपलक्ष्यमा लिंग होटल खोलेको थियो । पछि चिनको बेइजिङमा सन् २००६ मा गुओ परिवारले नै भव्य लिंग रेष्टुरेन्ट खोल्यो । यो रेष्टुरेन्टको नाम गुओ ली जुआंग हो । यसका संस्थापक गुओ, उनकी पत्नीको नाम ली तथा छोराको नाम जुआंग भएकाले होटलको नाम यस्तो राखिएको हो ।
यो रेष्टुरेन्टको नारा नै छ, ‘भाँडोभित्रको तागत ।’ यो रेष्टुरेन्टमा मानिसको लिंगको परिकार बनाइने भने होइन । विभिन्न भाले जिवजन्तुका लिंगको मासुका विभिन्न परिकार पाइन्छ । घोँडा, गधा, कुकुर, हरिण, बाख्रा लगायतका जनावरदेखि लिएर सर्पको लिंगको समेत परिकार यहाँ पाइन्छ ।
बेइजिङको यो लिंग रेष्टुरेन्टका शाखा चीनका अरु सहरमा पनि खोलिसकिएका छन् । जनावरका लिंगको मासुका परिकार खाँदा यौन शक्ति बढ्ने तथा तागत समेत प्राप्त हुने अनुभव रेष्टुरेन्टमा आएर खानेहरुको छ । पुरुषमात्र नभएर प्रसस्तै महिलाहरु समेत यी रेष्टुरेन्टमा आएर लिंगका परिकार खाने गरेका छन् ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!