किन चाँडै मर्छन एक्लै गाउनेहरु ?

Admin | 05:35 |


सफलताको स्वाद चाख्ने एकल गायक/गायिका (एक्लै गाउने कलाकार) ब्याण्ड गायक -समूहमा गाउने कलाकार) को तुलनामा छिट्टै मृत्युको शिकार हुन्छन् । बीएमजे पत्रिकाले लामो अध्ययनपछि एकल कलाकारको छिटो मृत्यु हुने तथ्य सार्वजनिक भएको हो । त्यसो कसरी हुन्छ भन्नेबारे कारण पनि खोजी गरिएको छ । ब्याण्डका कलाकारहरु समूहमा हुन्छन् तर, एकल कलाकार नितान्त एक्लो हुन्छ । युरोप र उत्तरी अमेरिकाका १४ सय रक स्टार एवं पप स्टारको करियरमा गरिएको अध्ययनपछि पत्रिकाले यस्तो दावी गरेको हो । अध्ययनमा समावेश गरिएका कलाकारहरु सन् १९५६ देखि २००६ सम्मका चर्चित र नाम चलेकाहरु छन् ।अध्ययन
प्रत्येक १० मा एक कलाकारको मृत्युलाई अध्ययनले देखाएको छ, ती सफल र चर्चित एकल कलाकार थिए । जवकी उत्तर अमेरिकामा प्रत्येक ५ मा एक जना एकल कलाकारको मृत्यु चाँडै भएको छ । सन् २०१२ फेब्रुअरीमा अध्ययन सकिएको थियो । अध्ययनले करिव १ सय ३७ एकल कलाकारको मृत्यु कमै उमेरमा भएको देखाएको छ । जसमा माइकल ज्याक्सनको नाम पनि छ । यस्तै एल्भिस, जिमी हेडि्रक्स, र्‍यापर टू पेक लगायतको नाम पनि यो सूचीमा छ । उनीहरुको मृत्यु ३९ वर्षभन्दा कम उमेरमा नै भएको थियो ।
‘सेलिब्रेटी बिहेवियर’ अध्ययन गर्ने मनोबैज्ञानिक हनी लेगकास्टर जेम्स भन्छन्-’एकल कलाकार अधिकांश समय एक्लोपनको शिकार हुन्छन् । अध्ययनका अनुसार गाराहरुको तुलनामा काला मानिसहरुको छिटो मृत्युको सम्भावना बढी हुन्छ । यहाँसम्म कि नशा वा यस्तै कारणले मृत्यु भएका कलाकारहरुको बालापन हेर्ने हो भने कुनै नै कुनै नराम्रो अवस्था पाइन्छ ।
बालापन उपेक्षित भएकाहरुका लागि संगीतिक करियर लाभदायक हुने अध्ययनले सल्लाह दिएको छ । तर, खतरनाक पनि हुन्छ । किनकी संगीतमा लागेपछि पैसा र स्टारडम पाउँछन् र अब्यवहारिक हुन थाल्छन् ।
-बीबीसीको रिपोर्टमा आधारित

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!