सम्भोगका लागि पुरुषहरूलाई टिसु पेपरजस्तै प्रयोग गर्छु : सोना

Admin | 15:35 |

सुप्रसिद्ध तमिल अभिनेत्री सोना हेडन केही दिन पहिले पुरुषका विषयमा एक विवादास्पद बयान दिएर चर्चामा छिन् । अभिनेत्री सोनाले पुरुषलाई ट्वाइलेट पेपरका रूपमा प्रयोग गर्ने बताएपछि उनी विवादमा तानिएकी हुन् ।


सोनाले एक तमिल पत्रिका आनन्द विकटनलाई दिएको अन्तवार्तामा भनेकी छिन्- म सम्भोगका लागि पुरुषहरूलाई टिसु पेपरजस्तै प्रयोग गर्छु र सम्भोग पछि फ्याँकिदिन्छु ।

३३ वर्षीया आइटम डान्सर सोनाले के पनि भनिन् भने म विवाहमा विश्वास गर्दिनँ। कुनै एउटा पुरुषका साथ जीवनभर बस्नु सबैभन्दा ठूलो मुर्खता हो ।

सोनाले दिएको उक्त अन्तर्वार्तापछि पुरुषहरूको हितमा काम गर्ने एक संस्थाले न्यायालयको ढोका घचघच्याउँदै सोनाले माफी माग्नुपर्ने माग गरेको थियो ।

सोनाले आफ्नो बयानले बबाल उत्पन्न गरेको देखेपछि अन्तर्वार्ता दिएको कुरालाई अस्वीकार गरेकी छिन् ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!