‘नाइन ओ क्लक सेक्स केन्द्रित सिनेमा हो’ - सुमिना घिमिरे !

Admin | 07:17 |


छायांकनदेखि नै सिनेमाको कथावस्तुका कारण बिबादमा परिरहेको चलचित्र ‘नाइन ओ क्लक’को आइतबार अडियो बिमोचन गरिएको छ । चलचित्रको अडियो बिमोचन कवियत्री उषा शेरचन, नायिका सुमिना घिमिरे, निर्देशक बाबुराम ढकाल लगायतले गरेका थिए । चलचित्रमा ३ वटा गीत समावेश गरिएको छ । कन्काइष्ट राईको संगीत रहेको चलचित्रका गीतमा राजेश पायल राई, रजिना रिमाल, इन्दिरा जोशी, शिव परियार लगायतका गायक तथा गायिकाले आवाज भरेका छन् । चलचित्रका गीतमा दयाराम पाण्डे, प्रमोद ढुंगाना र कन्काइष्ट राईको शब्द छ ।कार्यक्रममा बोल्दै निर्देशक बाबुराम ढकालले आफ्नो सिनेमा बजारमा चर्चा भएअनुसारको सेक्स केन्द्रित नरहेको बताए । उनले भने, ‘सिनेमा भित्र सेक्सका बिषयहरु उठान गरिएको छ तर बजारमा हल्ला गरिएअनुसारका दृश्य समावेश गरिएको छैन । नायिका सुमिना घिमिरेले अनलाइनखरसँग करा गर्दै भनिन्, ‘सिनेमाको बिषय सेक्स केन्द्रित हो तर म पहिलो शो नै परिवारसँग बसेर हेर्छु ।’
रामशरण उप्रेतीको छायांकन, पुनम राई र कविराज गहतरजाको नृत्य, विपिन मल्लको सम्पादन, प्रकाश पुरीको लेखन रहेको चलचित्रमा ध्रुव दत्त, सुमिना घिमिरे, दिक्षा पाठक, पदम जीसी, राजन त्रिपाठी, सवुश्री लगायतका कलाकारको अभिनय छ । रमेश संवेदनाको निर्माणमा तयार भएको यो चलचित्र फागुनको ११ गतेबाट प्रदर्शनमा आउदैछ । चलचित्रको विभिन्न १२ वटा देशमा विशेष प्रदर्शन गरिने निर्माता संवेदनाले जानकारी दिए । कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका विभिन्न चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिती थियो । चलचित्र आर्यन फिल्मस्को व्यानरमा तयार भएको हो ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!