सलमानलाई छाडेर अजय देवगन शाहरुखतिर

Admin | 07:15 |


बलिउडमा सलमान खान र शाहरुख खानबीचको कित्ताकाटका बारेमा सायद कोहीपनि बेखबर छैन होला । दुइ खानबीचको लडाइँले कतिपय नवआगन्तुकलाई फाइदै भएको छ भने कतिपय कसलाई सपोर्ट गर्ने भन्ने भेउ नपाएर विलखबन्दमा पनि परिरहेका छन् । बलिउडका अभिनेता अजय देवगनले पनि दुइ खानको यो रस्साकस्सीमा अहिलेसम्म सलमानलाई साथ दिँदै आएका थिए । तर पछिल्लोपटक अजय र शाहरुखको हेलमेल बढेपछि सलमान हेरेको हेर्यै भएका छन् ।

हुनत सन अफ सरदार तथा जब तक है जान फिल्मको सिलसिलामा अजय र शाहरुखबीच भएको खटपटबाट सलमानलाई केही राहत मिलेको थियो र उनले त्यसमा अजको पूरा साथ दिएका दिए । तर बढेको खटपटलाई मथ्थर पार्दै शाहरुखको आउँदो फिल्म चेन्नै एक्सप्रेसमा अजयले मुख्य भूमिका निभाउने पक्का भएपछि सलमानलाई सहि नसक्नु भएको छ ।
समाचार अनुसार फिल्ममा अजय देवगन एक दमदार भूमिकामा देखा पर्नेछन् । बढेको खटपटका कारण अब शाहरुख र अजय एकै फिल्ममा देखा पर्न गाह्रो हुनेछ भन्ने आम अनुमान विपरित रोहित सेट्टीको प्रयासमा देवगन र शाहरुखबीच मिलापत्र भई नयाँ फिल्ममा सँगै काम गर्ने सहमति भएको बताइएको छ ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!