क्सिङ किङ टाइसनकी श्रीमतीसँग सेक्स गर्दै गरेको अवस्थामा ब्रान्ड पिट पक्डिए
एजेन्सी, मंसिर १८ । पूर्व चर्चित मुक्केबाज माइक टाइसनले हलिउडका चर्चित अभिनेता ब्रान्ट पिटका बारेमा एक खुलासा गरेर सनसनी मच्चाएका छन् । टाइसनले हालै ब्रान्ड पिटलाई आफ्नी पूर्वपत्नीका साथ सेक्स गर्दै गरेको स्थितिमा पक्डेको खुलासा गरेका हुन् । टाइसनले ब्रान्ट पिटलाई उनकी पूर्वपत्नी रोबिन गिवेन्सका साथ सन् १९८० मा सेक्स गर्दै गरेको अवस्थामा पक्रेको बताएका छन् । एक अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित रिपोर्ट बमोजिम टाइसनले बताएका छन् कि पिटलाई आफ्नी श्रीमतीसँग सेक्स गर्दै गरेको अवस्थामा पक्डिदा श्रीमतीसँगको उनको सम्बन्ध अन्त्य भएको थिएन । पूर्व बक्सिङ च्याम्पियन टाइसनले त्यस्तो अवस्थामा आफूले पिटलाई पक्डिएपछि पिटको अनुहार मलिनो भएको थियो भन्दै त्यसरी पिट र श्रीमतीलाई देख्दा आफू पागल जस्तो भएको बताएको जनाइएको छ ।
Category: Gossip