सौतेनी आमाले बाँसको भाटाले हानेर बालिकाको हत्या !!
मंसिर २१ । इलाममा सौतेनी आमाले विहिबार ८ वर्षीया छोरीको हत्या गरेकी छन् । इलामको मङ्गलवारे- स्थित साब्जुङमा छोरीले दाउरा ल्याउन नमानेको निहुँमा सौतेनी आमा मनमति राई शेर्पाले बाँसको भाटाले हानेर बालिकाको हत्या गरेकी हुन् । मृतक बालिकाको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । याञ्जुलाकी आमा आफ्नै देवरसँग विवाह गरेपछि उनका बाबु मिङ्माले चार वर्षअघि कान्छी श्रीमतीका रुपमा मनमतिलाई विवाह गरेका थिए । प्रहरीले ३३ वर्षीया मनमति र बाबु मिङ्मालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मनमतिले प्रहरी समक्ष आफूले हत्या गर्ने मनसायले नहिर्काएको बयान दिएकी छन् ।
Category: News