स्थानैपिच्छे श्रीमती फेर्दै हिड्ने प्रहरीको ४ वटी श्रीमती
स्थानैपिच्छे श्रीमती फेर्दै हिँड्ने एक प्रहरीमाथि रुकुमका महिलाहरुले अविलम्ब कारबाही गर्न माग गरेका छन् । बर्दिया स्थायी घर भई हाल इलाका प्रहरी कार्यालय लुहाम सल्यानमा कार्यरत प्रहरी जवान सचेतन लामिछानेलाई अन्तरपार्टी महिला सञ्जाल रुकुमले कारबाहीको माग गरेको हो । रुकुम बस्दा रुकुमकोटकी सुनिता सुनारसँग बिहे गरी अलपत्र पारेको आरोप सञ्जालले लगाएको छ । २ वर्षअघि सुनितासँग बिहे गरेका लामिछानेले छोरी जन्मेसँगै सुनितालाई बेवास्ता गर्दै आएका छन् । मेरो सम्पत्ति देखेर पछि लागेकी चरित्रहीन आइमाई भन्दै लामिछानेले सुनितालाई धम्क्याउने गरेको स्थानीयहरुको आरोप छ । सञ्जालका अनुसार प्रहरी लामिछानेले सुनितासहित अन्य ४ महिलासँग पनि बिहे गरेका छन् । रुकुमकै कोल गाविसकी एक किशोरीबाट छोरी जन्माएका उनले सुरुमा रुकुम सरुवा भएर आउँदा अर्की श्रीमती ल्याएका थिए भने हाल दाङ भैसी नाकाकी एक महिलासँग बिहे गरेको जनाइएको छ ।
Category: Wonder