अन्ततः मनिषले पत्याए अरुणिमालाई

Admin | 15:28 |


छोरी पाएको ३ महिनामै सार्वजनिक कार्यक्रममा देखिएकी नायिका अरुणिमा लम्साल लामै समय घरमा बसिन् । छोरी पाएपछि आफुलाई सुहाउँदो भूमिका नभएकाले कसैले पनि नपत्याएको अरुणिमाले असअघि अनलाईनखबरसँग बताएकी थिइन् ।
सायद आफूलाई सुहाउँदो भूमिका कसैसँग पनि नभएर होला, प्रस्ताव नआएको अरुणिमाले केही समयअघि अनलाईनखबरसँग कुरा गर्दै भनेकी थिइन् । तर, अहिले एक निर्देशकले भने अरुणिमालाई पत्याएका छन् । यसअघि ‘जिन्दगानी दर्पणछाया’को निर्देशन गरेका मनिष पन्थले अरुणिमालाई पत्याएका हुन् । उनले नायिका लम्साललाई छायांकन भइरहेको चलचित्र ‘उर्वशी’मा अभिनय गराएका छन् ।
बुटवलमा छायांकन भइरहेको यो चलचित्रमा अरुणिमा एक ‘लभर गर्ल’को भूमिकामा देखिँदैछिन् । नायिका लम्सालको सिनेमाभित्र छोटो तर महत्वपूर्ण भूमिका छ । चलचित्रमा लम्सालसँगै नायिका नीता ढुंगानाको पनि अभिनय रहेको छ । खगेश्वर पुनको निर्माणमा तयार हुँदै गरेको यो चलचित्रमा किशोर खतिवडा, किशोर श्रेष्ठको पनि अभिनय रहेको छ । सिनेमाको प्रदर्शन नयाँ बर्षमा गर्ने निर्माण पक्षको भनाइ छ ।
‘उर्वशी’ ले नायिका लम्साललाई खुशी बनाउँछ या दुखी यो भने सिनेमाको प्रदर्शन पश्चात् नै थाहा हुनेछ ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!