थ्री लभर्स : फिल्मकर्मी रिभ्यू
अन्तत: रिलिज मिती कुर्दा कुर्दा परिक्षाको घडीको समय आएको छ थ्री लभर्सको । शुक्रबार मध्यम ओपनिङ गरेको थ्री लभर्सको शनिबारको बिहानी शो भने उत्साहजनक छ । राजधानीका अधिकांश हलहरूको बिहानी शोको अकुपेन्सी ९० प्रतिशत देखिएको छ । फिल्मका कलाकारहरू बिहानै देखि दर्शक प्रतिक्रिया लिन हलमा पुगिरहेका छन् ।
शुक्रबारदेखि देशब्यापी रिलिजमा आएको यो फिल्मलाई फ्यामेली शोको रुपमा केही फिल्मकर्मीले हेरेका छन् । शुक्रबार साँझ सुन्धारा स्थित सिभिल मलमा थ्री लभर्सका काष्ट र क्रु मेम्बरसंग फिल्म हेरेर निस्किएका केही फिल्मकर्मीलाई फिल्मीखबरले सोधेको थियो, थ्री लभर्स तपाईलाई कस्तो लाग्यो ?
फिल्म : थ्री लभर्स
व्यानर : थ्री ब्रदर्श क्रियशन
निर्देशक : सुरेश दर्पण पोखरेल
म्युजिक : राजन ईसान र बाबु बोगटी
सिनेमेटोग्राफर: पुरुशोत्तम प्रधान
फाईट : हिमाल केसी
कोरियोग्राफर : शंकर विसी र कविराज गहतराज
कलाकार : प्रियंका कार्की, निरज बराल, देबु श्रेष्ठ, धिरेन्द्र राज थापा, पूजा शर्मा, सुमन गैरे
राजकुमार राई (अध्यक्ष, चलचित्र निर्माता संघ) : म प्राय पुरै नेपाली फिल्म हेर्न सक्दिन थिए तर यो फिल्म चाहि पुरै हेर्न सकें मैले । फिल्म हेर्दा कलरफुल भएकाले ईन्टरटेनिङ छ । त्यसैले फिल्मको सवैभन्दा मन परेको पार्ट भनेको यसको कलरफुल मेकिङ हो मेरो नजरमा । नेपाली फिल्म भएकाले कमि कमजोरी भेटिन्छन् र यो फिल्ममा पनि मैले केही ठाँउमा यस्ता कमि कमजोरी भेटे । यो फिल्मको अर्को उत्कृष्ट पक्ष भनेको फाष्ट बीटको सुन्तली माई र स्याड संङ हो र कमजोर पक्ष चाहि फाईट लाग्यो । फिल्ममा उठाईएको कन्टेन्ट नयाँ लागेकाले यो फिल्म चल्नुपर्छ भन्ने मेरो धारणा छ । यो फिल्मलाई म १० मा ८ नम्बर दिन्छु ।
दीपाश्री निरौला (कलाकार) : मलाई यो फिल्मको म्युजिक र कोरियोग्राफी पार्ट एक दम राम्रो लाग्यो । नेपाली फिल्म हो त्यसैले ठूलो आशा बोकेर चाहि हर्ने जानुहुदैन । कलाकारहरु सवैको अभिनय राम्रो छ त्यस माथि नयाँ हिरोईन प्रियंकाको काम उत्कृष्ट छ जसकारण उनको भविष्य उज्जवल देखे मैले । निर्देशक सुरेश दर्पणको पछिल्ला फिल्म भन्दा यो फिल्म केही परिमार्जित भएको पाए । तर पनि उनको हकमा आगामी दिनमा स्टाईल भन्दा स्क्रिन प्लेमा अलि बढी होमवर्क गर्नुपर्छ जस्तो लाग्यो मलाई । यो फिल्मलाई म १० मा ५ नम्बर दिन्छु ।
कविता शर्मा (कलाकार) : यो फिल्मको म्युजिक एक दम राम्रो लाग्यो मलाई । त्यसमाथि लभ सङको कुरै नगरौ । फिल्मलाई गहिरिएर हेर्दै जादा केही ठाँउमा कन्टिन्यूटी जर्क फेला पार्न सकिन्छ । कलाकारहरुको पर्फमेन्सको कुरा गर्दा प्रियंका र निरजको काम एकदम राम्रो । अरु कलाकारहरुको हकमा पुजा शर्मा बाहेक दुई नयाँ कलाकारहरु देवु र धिरेन्द्रले पनि न्याय नै गरे जस्तो देखिन्छ । यो फिल्ममा मेकअप पार्ट केही कमजोरी देखे मैले । समग्र डाईरेक्टरको काम ठिकै लाग्यो । तसर्थ यो फिल्मलाई मेरो तर्फबाट १० मा ४ नम्बर । तर संगीत र कोरियोग्राफीको हकमा चाहि १० मा १० ।
कमल श्रेष्ठ (ग्ल्यामर फोटोग्राफर) : फाष्ट कटिङका कारण स्टोरी नै नबुझिएलाकी जस्तो लाग्छ यथ्यपी फिल्म हेर्दै जादा कता कता हलिउड स्टाईलको जस्तो पनि लाग्यो मलाई । स्टोरी टेलिङ अलि फरक रहेकाले रोना धोना मनपराउने दर्शकका लागि यो फिल्म उपयूक्त छैन । डाईरेक्टरलाई लिएर हेर्दा फिल्मको केही ठाँउमा कमिकमजोरी छन् तर म्युजिक मा भने कुनै कमेन्ट छैन । आर्टिष्ट पर्फमेन्समा सर्वाधिक राम्रो प्रियंकाले गरेकी छिन् । यो फिल्मलाई १० मा ७ दिन्छु ।
सुसन प्रजापति (सिनेमेटोग्राफर) : फिल्म एभरेज छ । सवभन्दा राम्रो चाहि म्युजिक छ। कलाकारको हकमा प्रियंकाको काम उत्कृष्ट लाग्यो । यसैगरी निरज बरालको हकमा पनि राम्रो छ । अर्की नयाँ हिरोईन पुजा शर्माको बडी ल्याङ्वेजमा प्रोबलम देखियो । अर्को नयाँ आर्टिष्ट देवु श्रेष्ठको चाहि अभिनय नराम्रो भनिहाल्ने ठाँउ छैन उहाँको भ्वाईस निकै राम्रो लग्यो । भ्वाईसको कुरा गर्दा हाम्रो ईन्डष्ट्रीमा एउटा यस कुमारको भ्वाई राम्रो छ भने अर्को देबुजीमा देखे मैले । निर्देशक सुरेश दर्पणजी र मैले ओस्कार फिल्म कलेजमा संगै पढेका थियौं त्यसैले पनि यो फिल्म हेर्न म उत्सुक थिए तर फिल्म हेर्दै जादा मेरो एक्सेपटेशन मिट गरेन त्यसैले यो फिल्मलाई १० मा ६ नम्बर दिन्छु ।
Category: Movie Review