‘मुसा’को अचार खान जाँदै प्रधानमन्त्री भट्टराई
काठमाडौ, २२ मंसिर । प्रत्येक महिनाको अन्तिममा शुक्रबार जनताको घरमा बास बस्ने कार्यक्रम अन्तर्गत आज प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई कैलाली जाँदै छन् ।कैलालीको टीकापुर नगरपालीका विजयनगरमा रहेका मुक्त कमैयाको बस्तिमा बास बस्न प्रधानमन्त्री भट्टराई आज दिउँसो कैलाली जाने कार्यक्रम रहेको छ । कैलाली पुगेपछि उनले स्थानिय प्रशासन, सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिने कार्यक्रम तय गरेका छन् ।
बेलुका टीकापुरको विजयनगरमा रहेको बाबुराम चौधरीको घरमा बास बस्ने प्रधानमन्त्रीको कार्यक्रम रहेको छ । प्रधानमन्त्री आफ्नो गाउँमा आउने जानकारी पाएपछि मुक्तकमैया बस्तिमा तयारी तिब्र पारिएको छ । थारु संस्कृति अनुसार आफुहरुले खाने गरेको घोँघी, शंखेकिरा, मुसा आदिको तरकारी, चटनी खुवाउने स्थानियको तयारी छ । प्रधानमन्त्री भट्टराई भोलि बिहान सम्म थारु बस्तिमा रहने र भोलि नै काठमाडौ आउने प्रधानमन्त्रीका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए ।
यसबैची उता प्रधानमन्त्री भट्टराईको सुरक्षाका लागि कैलालीमा १७ सय जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ९ सय सशस्त्र प्रहरीका ६ सय र २ सय जना नेपाली सेना परिचालन गरिएको हो । प्रधानमन्त्री आउने गेटा विमानस्थलबाट धनगढीमा महोत्सवस्थलसम्मको ८ किलोमिटर र महोत्सवस्थलबाट टीकापुर नगरपालिका ८ को विजयनगर मुक्तकमैया शिविरसम्म सुरक्षा ब्यवस्था कडा पारिएको छ । विपक्षी दलसंवद्ध युवा संगठनले प्रधानमन्त्रीको विरोधमा कालो झण्डा देखाउने चर्चा चलेपछि प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको हो ।
Category: Latest News