गायक सोनु निगम र अभिनेता संजय दत्तको घरमा छापा

Admin | 06:33 |


एजेन्सी, मंसिर २४ । बलिउडका चर्चित अभिनेता संजय दत्त र गायक सोनु निगमको घरमा भारतीय आयकर विभागले छापा मारेको छ । भारतीय आयकर विभागले शुक्रबारको दिन अभिनेता संजय र गायक सोनुको घरमा छापा मारेपनि खबर भने आजमात्रै सार्वजनिक भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचारका अनुसार विभागले संजय र सोनुलाई लामो बयान समेत लिएको छ । तर, यो कुराको बारेमा संयज र सोनुले भने केही नबताएको जनाइएको छ । संजय दत्त बलिउड अभिनेता हुन् भने राजनीतिक परिवारसँग पनि सम्बन्ध जोडिएका व्यक्ति हुन् । उनले एक फिल्म खेलेको करोड बढी रकम दिने गरेका छन् । त्यस्तै सोनु निगम भारतका एक चर्चित गायक त हुँदै हुन् । साथै उनी बलिउडमा सबैभन्दा बढी पैसा कमाउने गायकहरु मध्येमा पनि पर्ने गर्छन् । उनी कन्सर्टका लागि भारत बाहिरका मुलुकमा पनि अधिक जानेमा पर्छन् । बलिउडका चर्चित कलाकारका घरमा भारतीय आयकर विभागले छापा मारेको यो पहिलो घटना भने होइन । यसअघि विगत डेढ वर्षअघि नायिकाहरु कैटरिना कैफ र प्रियंका चोपडाको घरमा पनि त्यहाँको आयकर विभागले छापा मारेको थियो ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!