८६ वर्षीय प्लेब्वाई मालिकको २६ वर्षीया तरुनी श्रीमती !
एजेन्सी, मंसिर २४ । विश्व चर्चित पुरुष पत्रिका प्लेब्वाईका मालिक हग हफनर र उनकी प्रेमिका क्रिस्टल हेरिस अब कानूनी रुपमै विवाह बन्धनमा बाँधिएका छन् । हालैका दिनमा यो जोडीले अमेरिकाको बेवर्ली हिल्सस्थित अदालतबाट आफ्नो विवाहको प्रमाणपत्र ग्रहण गरेको हो । प्लेब्वाईका मालिक हफनर ८६ वर्षका छन् भने उनकी श्रीमती हेरिस २६ वर्षकी मात्रै छिन् । यो जोडीले सन् २०१० को डिसेम्बरमा नै विवाहको पूर्वरिति पूरा गरेको थियो । तर, विवाहको केही समयअघि २०११ जुनमा विवाह तोडिएको थियो । तथापी २०१२ को जुनदेखि फेरि यो जोडी एकसाथ भएका थिए । आफूहरुले विवाह गरेको खबर हेरिसले आफ्नो ट्वीटर मार्फत बताएको जनाइएको छ । प्लेब्वाईका मालिक हफनरले यसअघि पनि अन्य महिलाहरुसँग विवाह गरेर सम्बन्धविच्छेद गरिसकेका छन् ।