परलोक भइन् संसारकै बुढी महिला १ सय १६ बर्षको उमेरमा

Admin | 04:39 |


विश्वमै सबैभन्दा बढि उमेरको मानिसको रुपमा रहेकी एक अमेरिकी महिलाको १ सय १६ वर्षको उमेरमा मृत्यु भएको छ ।
बेस कुपर नामकी ती महिलाको मंगलबार जर्जियाको एक नर्सिड होममा निधन भएको उनका छोराले बताएका छन् । मंगलबार बिहान क्रिसमसको भिडियो हेरेकी कुपर एक्कासी विरामी भइन् र परलोक समेत भइन् ।
कुपरले विश्वको सबैभन्दा वृद्ध मानिसको रुपमा सन् २०११ जनवरीमा गिनिज बुकमा नाम लेखाएकी थिइन् । मे महिनामा उनीभन्दा ४८ दिन जेठी महिला ब्राजिलमा रहेको पत्ता लागेपनि ती ब्राजिली महिलाको जुनमै मृत्यु भएपछि कुपरको ताज खोसिन पाएन ।
टेनिसीमा जन्मिएकी कुपर पहिलो विश्वयुद्ध ताका जागिरको खोजीमा जर्जिया बसाइँ सरेकी थिइन् । कुपरको मृत्युपछि १ सय १५ वर्षकी अमेरिकाकै डिना म्यानफ्रेडिनीले विश्वकी सबैभन्दा वृद्ध मानिसको ताज लगाउनेछिन् ।
स्मरण रहोस् विश्वमा अहिलेसम्म धेरै वर्ष बाँच्ने व्यक्ति फ्रान्सकी जेन्नी काल्मेट हुन् । जो १ सय २२ वर्षको उमेरमा सन् १९९७ मा परलोक भएकी थिइन् ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!