गङनम स्टारले अमेरिकासँग के कारण माफी मागे त ?
र्यापर साईले सन् २००४ मा एउटा जोसले भरिएको गीत गाएका थिए । बिरोध प्रर्दशनको उदेश्यले आयोजित एक कन्र्सटमा अमेरिका बिरोधी हिंसात्मक भावनाले भरिएको गीत गाएका थिए । गीतमा कोरियाली जनतालाई यातना दिन आदेश दिने अमेरिकीलाई पिडादायी मृत्यु दिन आह्वान गरिएको थियो, त्यो अश्लिल शब्दको प्रयोग गरेर ।तर, यतिबेला साईको चर्चा बिश्वब्यापी छ । उनलाई अमेरिकी संगीतप्रेमीले पनि खुवै मन पराईरहेका छन् । माइकल ज्याक्सनजस्ता अमेरिकी पप सम्राटले मात्र हैन कोरियालीले पनि पश्चिमी संगीत पारखीको मन जित्न सक्छन भन्ने साईले देखाएका छन् ।
सायद यही कारण होला अब साईलाई अमेरिकासँगको सम्बन्ध सुधार्नु छ । त्यसैले उनले आठ बर्षपछि आएर अमेरिकासँग औपचारिकरुपमा माफी मागेका छन् ।
इराक युद्धमा दुई कोरियालीको मृत्यु भएपछि त्यस्तो बिबादित गीत गाउन पुगेको उनले स्पस्टीकरण दिएका छन् ।
आगामी डिसेम्बर २१ मा ह्वाइट हाउसमा आयोजना हुन लागेको कन्र्सटमा अमेरिकी राष्ट्रपति बराक ओबामा र पत्नी मिसेल पनि सहभागी हुने भएपछि साईले क्षमायाचना गरेका हुन् ।