बुढो लोग्नेबाट जोगिन सुहागरातमा ढोकामा चुकुल

Admin | 12:50 |




8

साउदी अरेबियामा एक ९० वर्षीय पुरुषले १५ वर्षीया किशोरीविरुद्ध अनौठो मुद्दा हालेका छन् । ९० वर्षका ती पुरुषले आफ्नी १५ वर्षकी किशोरी श्रीमती विरुद्ध सुहागरातका दिन लुकेको आरोप लगाउँदै आफ्नो मानहानी गरेको दाबी गरेका छन् ।
समाचार अनुसार आफुभन्दा ७५ वर्ष जेठो लोग्नेसँग डराएर ती किशोरीले बिहेको पहिलो रात छिटै कोठाभित्र पसिन् र भित्रबाट चुकुल लगाइन् । किशोरी श्रीमतीसँग मस्ती गर्ने अभिलाषा बोकेर जब त्यो बुढो बेहुलोले ढोका ढक्ढकाउँदा उनले मरिगए खोलिनन् । दुइ दिनपछि ती किशोरी बल्लतल्ल त्यहाँबाट भागेर माइतीघर गइन् ।
आफुमाथि अपमान र जालसाजी समेत भएको भन्दै बुढो बेहुलो रिसले आगो भएका छन् । उनले आफुले बिहेमा साढे १७ हजार अमेरिकी डलर बराबरको रकम ती बेहुलीका बुवाआमालाई दिएको भन्दै सो रकम फिर्ता पाउनुपर्ने समेत माग गरेका छन् । अल अरेबिया टिभीमा बोल्दै ती वृद्धले आफुले किशोरीसँगको बिहेलाई वैध बनाउनका लागि उनका बुवाआमालाई पैसा दिएको बताए । स्मरण रहोस् १५ वर्षकी किशोरीको ९० वर्षका वृद्धसँग भएको मागी विवाह सायदी अरेबियामा चौतर्फी आलोचनाको समाचार बनेको थियो ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!